मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनियनकाे सचिव (समावेशी) पदमा सुनारकाे उम्मेदवारी घाेषणा

युनियनकाे सचिव (समावेशी) पदमा सुनारकाे उम्मेदवारी घाेषणा

सुदूर आज

आफू नै बलियाे उम्मेदवार भएकाे दावी

काठमाडौं । लाेकतन्त्रवादी पत्रकार संगठन नेपाल प्रेस युनियनकाे ९ ओैँ महाधिवेशन पत्रकार टिकाराम सुनारले समावेशी सचिव पदमा आज ओैपचारिक रुपमा उम्मेदवारी घाेषणा गरेका छन्। रेडियाे नेपाल प्रेस युनियन शाखाले आज आयाेजना गरेकाे कार्यक्रममा सुनारले उम्मेदवारी घाेषणा गरेका हुन्।

सचिव (समावेशी) का उम्मेदवार सुनारले असअघि अनाैपचारिक रुपमा उम्मेदवारी घाेषणा गरे पनि आज आफ्नै कर्मथलाे रेडियाे नेपालकाे सभाहलमा अग्रज तथा सहकर्मीकाे बीचमा ओैपचारिक रुपमा उम्मेदवारी घाेषणा गर्न पाउँदा अत्यन्त खुशी लागेकाे बताए ।

उनले आफूले ३ कार्यकाल प्रेस युनियन कैलाली शाखाकाे जिल्ला समितिमा रहेर काम गरेकाे, दलित समुदायका पत्रकारहरुकाे संगठन राष्ट्रिय दलित पत्रकार संघकाे संस्थापकका रुपमा तदर्थ समितिकाे उपाध्यक्ष र क्रियाशील दलित पत्रकार संघकाे केन्द्रीय समितिकाे उपाध्यक्ष भएर काम गरिसकेकाेले सचिव समावेशी क्लष्टरमा आफ्नाे दावी स्वभाविक भएकाे बताए ।

यसका अतिरिक्त देशका ७७ वटै जिल्लामा रहेका रेडियाे नेपालका सञ्चारकर्मी एवं पत्रकारकाे उपस्थितिले आफ्नाे उम्मेदवारीलाई थप बलियाे र जितका लागि सहज बनाउने विश्वास व्यक्तगरे । सुनारले अहिले आफूसँगै सचिवमा दावेदारी गर्नेहरुकाे संख्या बढेकाेमा खुशी लागेकाे र अन्तमा सहमतिमै सचिव तथा सदस्यहरुमा सर्वसम्मत उम्मेदवारकाे प्रयास हुने समेत बताए ।

“हिजाे साथीहरुलाई संगठित हुनुपर्छ भन्ने पात्रहरुमध्ये म पनि एक हाे, प्रेस युनियनकाे पदाधिकारीका रुपमा मैले काम अवसर पाएमा साथीहरूलाई संगठित गर्ने मात्रै हाेइन, उहाँहरुलाई युनियनमा आकर्षित गर्न पनि मैले भूमिका खेल्छु” सुनारले भने,”यसका लागि म नै उपयुक्त पात्र हाे भन्ने कुरा आम साथीहरुले पनि बुझ्नुभएकाे छ, मेराे नाममा सहमितका लागि समेत सहज हुने देख्छु।”

सुनारले नेपाल प्रेस युनियनलाई सबै अट्ने समावेशी बनाउने, अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व, प्रशिक्षित युनियनकर्मी, ट्रेड युनियन अधिकारकाे पैरवी गर्दै श्रमजीवी पत्रकारकाे हकहित रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गर्न र मूलतः प्रेस युनियनमा दलित तथा सिमान्तकृत वर्गकाे आकर्षण वृद्धिका लागि कटिबद्ध हुने मुद्दासहित आफू उम्मेद्वार बनेकाे पनि जानकारी दिए ।

“पत्रकारिता र पत्रकार संगठनमा समावेशिताकाे मुद्दा केवल उपस्थितिका लागि मात्रै हाेइन, प्रतिनिधित्वकाे सवाल केवल सहभागिताका लागि मात्रै हाेइन, त्यसैले अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वका लागि पनि अब बन्ने समितिमा म उपयुक्त पात्र हाे” सुनारकाे भनाई छ।

सुनारले आमसञ्चार तथा पत्रकारिता विषयमा त्रिभुवन विश्विवद्यालयबाट स्नातकोत्तर गर्नुभएकाे छ भने यसअघि कैलालीमा दिनेश एफ.एम, रेडियाे सुदूर सन्देश, हेडलाईट पाक्षिक हुँदै राष्ट्रिय समाचार समितिकाे जिल्ला संवाददाता, प्रेस काउन्सिल नेपालकाे अनुगमनकर्ता र पत्रपत्रिका संपरीक्षण विज्ञकाे रुपमा काम गरिसकेका छन् ।

विगत पाँच वर्षदेखि रेडियाे नेपालकाे समाचारवाचकका रुपमा काम गरिरहेरका सुनार हाल उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूकाे प्रेस संयाेजकका रुपमा रहेका छन् ।