मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमजीवी पत्रकारहरुको हितका लागि मेरो उम्मेद्धारी हो : सचिव पदका उमेद्धार ढुंगाना

श्रमजीवी पत्रकारहरुको हितका लागि मेरो उम्मेद्धारी हो : सचिव पदका उमेद्धार ढुंगाना

सुदूर आज

सुदूर पहाड अछामबाट प्रेस युनियनको सचिव पदमा मेनुका ढुंगानाको उम्मेद्धारी

अछाम । सुदूर पहाडमा जन्मिएकी पत्रकार मेनुका ढुंगानाले नेपाल प्रेस युनियनको सचिव महिला पदमा उम्मेदवारी घोषणा गरेकी छन् । आशन्न श्रावण ६ र ७ गते बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा हुने ९ औँ महाधिबेशनका लािग उनले सचिव महिला पदमा उम्मेद्धारी घोषणा गरेकी हुन् ।

वर्तमान कार्यसमितीमा केन्द्रिय सदस्य रहेकी ढुंगानाले आफुलाई सचिव पदमा अघि सारेकी छन् । अछाम जिल्लामा रेडियोबाट पत्रकारीता सुरु गरेकी ढुंगाना हाल कान्तिपुर राष्टिय दैनिकको उपसम्पादक पदमा कार्यरत छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, मेरो उम्मेदारी श्रमजीबी पत्रकारहरुको हक हितका लागि भएको उल्लेख गरेकी छन्। हेर्नुस उनको स्टाटस्

प्रेस युनियनको सचिव पदमा उम्मेदवारी र मेरो अनुरोध
सुदूर पहाडमा जन्मिएर हुर्किएकी एउटी केटी म, मेरा सपना धेरै ठूला छैनन्। मैले सानैदेखि देखेको सपना भनेको यो समाज र देशका लागि केही गर्न सकुँ। त्यही सपना पूरा गर्ने माध्यम भएको छ पत्रकारिता। रेडियोसँग जोडिँदै किशोरवयदेखि पत्रकारिता थालेँ, अहिलेसम्म मेरो परिचय भनेकै मैले लेखेका समाचार हुन्। पत्रकारका रुपमा मैले बिताएको एक दशकले मलाई सुदूर पहाडकी एउटी केटीबाट देशभर चिनिने हैसियत दिएका छन्। यो यात्राका क्रममा मैले समाचारका लागि कोही कसैसँग सम्झौता गरेको छैन। मेरा कलमका मसीहरु समाजका उत्पीडित, महिला र पछाडि पारिएका वर्गको हितमा खर्चिरहेकी छु। मेरो सम्पूर्ण परिचय नै पत्रकार बनेको छ। समाज परिवर्तनको यो यात्रामा आफूलाई सांगठानिक रुपमा पनि अघि बढाउन चाहेकी छु। पत्रकारिता थालेदेखि नै नेपाल प्रेस युनियनमा आवद्ध रहँदै क्रियाशील छु। एउटा श्रमजीवी पत्रकारका लागि संगठन ठूलो कुरा हो। श्रमजीवीहरुका लागि संगठन एउटा आड र भरोस पनि हो। त्यसैले श्रमजीवीको पक्षमा अग्रमोर्चामा क्रियाशील नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने निर्णय लिएकी छु। म आफूलाई प्रेम युनियनसम्वद्ध श्रमजीवीहरुको साझा व्यक्तिका रुपमा अघि बढाउन यो निर्णयमा पुगेकी हुँ। श्रमजीवीहरुलाई संघ संगठनमा क्रियाशील हुन संविधानले नै दिएको छ। यही अधिकारलाई उपयोग गर्दै युनियनको सचिव पदमा उम्मेदवारी घोषणा गर्दैछु। व्यवसायिक पत्रकाहरु कुनै पनि संगठनको नेतृत्वमा पुग्नुपर्छ भन्ने विश्वास मैले लिएकी छु। सचिव पदमा मेरो उम्मेदवारी देशभरका श्रमजीवी पत्रकारहरुको हितका लागि हुनेछ। समाचार लेखनसँगै संगनठमा क्रियाशील भएर मेरो दायरालाई अझै फराकिलो बनाउने लक्ष्यसहित अघि बढाउने योजनामा तपाईंहरुको साथ चाहिएको छ। त्यसैले सम्पूर्ण आदरणीय प्रेस युयिनयकर्मी दाजुभाइ दिदीबहिनीहरुमा सहयोगको अपील यसै घोषणामार्फत गर्दैछु। सुदूरपहाडाबाट अघि बढेको मेरो पत्रकारिता यात्रालाई संगठनमा पनि मेचीदेखि महाकाली, उत्तरदेखि दक्षिण सबैतिरबाट हौसला मिल्ने विश्वास लिएकी छु।

मेरो अभियानमा सहयोगको अपेक्षासहित,
मेनुका ढुंगाना, अछाम
सचिवको उम्मेदवार