काठमाडौं- अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन। छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो। उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि हुन्छन्। किन हुन्छ मोटोपन? बेलायतको शोधकर्ताहरुले निकालेको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन्। किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो। आमाबुवा मोटो भएपछि उनीहरु…