मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेल क्षेत्रको विकासका लागि नगर जहिले पनि साथमा छ : नगर प्रमुख कुवँर ।

खेल क्षेत्रको विकासका लागि नगर जहिले पनि साथमा छ : नगर प्रमुख कुवँर ।


अछाम । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले जिल्लामा हुने जुनसुकै खेलको विकासका लाग नगर साथमा रहेको बताए ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं। ७ बडासैन खेल मैदानमा संचालन भईरहेको अछाम जिल्लाकै पहिलो तथा ठुलो धनराशीको फुटबल प्रतियोगिताको समापनमा प्रमुख अथितिको आशनबाट बोल्दै नगर प्रमुख कुवँरले खेल र खेलाडी देशका गहना भएको भन्दै यसको विकास गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बिशिष्ट अथिति नगर उपप्रमुख बिर्मला बुढथापा र निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी शर्मा रहेका थिए । यस्तै कार्यक्रममा नेपाली कांग्रेस अछामका युवा नेता राजन कुवँर, नेकपा एसका जिल्ला सदस्य लोचन स्वाँर, साँफेबगर नगरपालिका वडा नं। ३ का अध्यक्ष कृष्ण बुढा लगायतको सहभागीता रहेको थियो ।

आयोजक नौमुठे फुटबल युवा क्लबका अध्यक्ष धिराज बोगटीको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुवँर, जिल्ला अध्यक्ष खम्म खत्री लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन दिपक खड्काले गरेका थिए ।

साँफेबगर नगरपालिकाको मुख्य सहयोगमा संचालन भएको प्रतियोगिताको सहआयोजक एञ्जिला पुस्तक पसल रहेको थियो ।
प्रतियोगिता सम्पन्न महालक्ष्मी बैँक, मेगा बैँक, प्रभु बैँक, एनआईसी बैँक, सांग्रिला बैँक, ईन्द्रसरा आयल स्टोर, धुब्रतारा होटल एण्ड अस्पताल प्रा।ली। कालभैरब जनरल स्टोर, सत्पाल स्टोर, रोयल हेल्थ केयर सेन्टर, होटल दिप, ओम आलमुनियम, मालिका फुड्स चाउमिल, आरबी रिर्सोट, हातेमालो बहुउद्देश्य सहकारी, सुष्मा होटल, मनिषा स्कृन प्रिन्टको सहयोग रहेको थियो ।

प्रतियोगितामा जनप्रिय एफएम, निराकरण खबर, सुदूरआज डट्कम, रेडियो रामारोशन, रेडियो गाँउघर लगायतका संचारमाध्यम मिडिया पार्टनर रहेका थिए ।