काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ । पहिलो चरणमा सांकेतिक विरोधको तयारी गरेको कांग्रेसले यही पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न लागेको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार आन्दोलन आगामी १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा केन्द्रित हुनेछ ।…