मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर लोकतन्त्र र संबिधानको खिल्ली उडाए : सभापति स्वाँर

प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर लोकतन्त्र र संबिधानको खिल्ली उडाए : सभापति स्वाँर


अछाम : नेपाली कांग्रेसले आज देशैभर बिरोध प्रर्दशन गरेको छ । संसद बिघटन, सर्वसत्ताबाद र भ्रष्टचारका बिरुद्ध कांग्रेसले देशभरका निर्वाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेको हो । अछाम जिल्लाका २ निर्वाचन क्षेत्रमा समेत बिरोध प्रर्दशन भएको छ । जिल्लाको साँफेबगर र कमलबजारमा बिरोध प्रर्दशन गरिएको कांग्रेस अछामले जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नं १ को आयोजनामा संसद विघटनको असंवैधानिक कदमविरुद्ध विरोध सभा साफेबगरमा सम्पन्न भएको बिरोध प्रर्दशनमा कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले सम्बोधन गरेका थिए । प्रमुख अथिति रहेका सभापति स्वाँरले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँचन नसक्दा संसद बिघटन गरेको बताए ।

अहिलेका प्रधानमन्त्री ओलीमा अहंकारी बाहेक अरु केही गर्न सक्ने क्षमता समेत नभएको सभापति स्वाँरको भनाई थियो । साथै उनले संसद बिघटन गर्नु लोकतन्त्र र संबिधानको खिल्ली उडाउनु मात्रै भएको आरोप लगाए ।

सभापति स्वारले नेपाली कांगेस मात्रै देशमा बिधि बिधानलाई आत्मसाथ गर्दै अगाडि बढ्ने पार्टी भएको भन्दै तत्कालिन कांग्रेस सभापति सुसिल कोइरालाको नेतत्वमा बनेको संबिधान रक्षा गर्न आन्दोलन गर्नु परेको बताए।

एक अर्को प्रशंगमा बोल्दै सभापति स्वारले अछाममा कांग्रेस अन्तर घातका कारण चुनाव हार्ने गरेको हुदाँ अबको निवार्चनमा अन्तर घातका गरेमा ठाउको ठाउ पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिने उल्लेख गरे ।

कार्यक्रमका बिशिष्ट अथिती पुर्व पार्टी सभापति एवम् महासमिति सदस्य मेगराज खड्काले नेपालमा स्थायीत्वको लागि नेकपालाई जनताले दुई तिहाई बहुमत दिएको तर नेकपाले नेपाली जनताको मतको कदर नगरेको ओली र प्रचण्डको मिलन बैचारिक नभई स्वार्थको लागि भएको स्पष्ट भएको बताए । कार्यक्रममा महासमिति सदस्य राजन कुवरले यो सरकाले भष्टचारी बलत्कारी हरुलाई सुरक्षा दिन बाहेक अरु सिन्को नभाँचेको आरोप लगाए ।

क्षेत्रिय सभापति कृष्ण बुढाको सभापतित्वमा सम्पन्न भएको विरोध सभामा नेपाली कांग्रेसका महासमिति सदस्य अर्जुन ताम्राकार, जिल्ला कार्य समिति कोषाध्यक्ष झंकर बहादुर साउद, बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष एव नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राजेन्द्र बहादुर खड्का, जिल्ला कार्य समिति सदस्य राम बहादुर कुवर नेबिसंघका जिल्ला सभापति नृप साउद लगायतले मन्तब्य राखेका थिए । क्षेत्रीय कोषाध्यक्ष भरत शाहको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव भक्त कु्ँवरले गरेका थिए ।