काठमाडौं – नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानको व्यवस्थाभन्दा बाहिर नजान सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गरी संवैधानिक निययुक्तिबारे प्रधानमन्त्रीलाई सजग गराएका हुन्। नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट संवैधानिक परिषद्को गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्यत रहेको पुष्टि…