काठमाडौं- नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता भाँडिनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही बेरअघि ट्विटरमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘डा. केसीको अनशनसँगै सिंगो देश यहाँको भूमिका नियाल्दै छ।
वार्ता भाँडिनुमा यहाँकै दोष चेतावनीयुक्त भावमा देश हेरिरहेको छ।’
शर्माले सहमति र समाधानले प्रधानमन्त्री ओलीको प्रतिष्ठा नघट्ने औंल्याएका छन्।
उनले भनेका छन्, ‘हेक्का रहोस्, परीक्षा हलमा डा. केसीको अनशन होइन, यहाँको नेतृत्व योग्यताको परख चलिरहेको छ।’




















प्रतिक्रिया