काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ। बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी कमिटी नरोकेर अघि बढ्ने निष्कर्ष निकालेको हो। ‘नेताहरुबीच सहमति अहिलेसम्म बनेको छैन। बैठक स्थगित गरेर मात्रै हुँदैन,’ एक…