मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभा समितिमा चार सभापति निर्विरोध

राष्ट्रियसभा समितिमा चार सभापति निर्विरोध


काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै निर्विरोध निर्वाचित भएका छन् । 

शुक्रबार राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध भएका हुन् ।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा  परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।