काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा सहभागी नहुने स्पष्ट पारेको छ। आइतबार केन्द्रीय कार्यसमिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको आन्तरिक मामिलामा कांग्रेस सहभागी नहुने स्पष्ट पारेका हुन्। ‘नेकपाको घरझगडालाई प्रतिपक्षीका नाताले कांग्रेसले नजिकबाट हेरिरहेको छ’ शर्माले भने, ‘तर त्यसमा हाम्रो कुनै भूमिका हुने छैन।’ नेकपाको…