काठमाडौं- कलकत्तामा गणेशमान खाल्सा होटलमा बसे किनकि यो एक स्तरीय होटल थियो र उनी वी.पी. कोइरालामाथि राम्रो प्रभाव पार्न चाहन्थे। कोइरालाको खोजीमा उनको भेट दार्जीलिङका दुई नेपालीहरूसँग भयो – डी. एन. प्रधान र डी. के. शाही। उनीहरू दुबै पहिले गोर्खा लिगका सक्रिय सदस्य थिए तर पार्टी राणावादी भएपछि छोडेका थिए। शाही र प्रधान प्रजातन्त्रवादी थिए…