काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका नेता माधवकुमार नेपालले एकअर्कालाई धोका नदिने बाचा गरेका छन्। विपक्षी गठबन्धनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै नेताले एकअर्कालाई धोका नदिने वचनबद्धता प्रकट गरेका हुन्। पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन अहिले जुन प्रक्रिया अघि बढेको छ हस्ताक्षर फिर्ता गर्ने कुरै हुँदैन। सर्वोच्च अदालतमा अघि बढेको…