मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक बस्दै


काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

आठौँ अधिवेशनको चौथो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । सभामा केही प्रतिवेदनहरु पेस गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६÷०७७ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेदेखि जारी छ ।