मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली र नेपालबीचको वार्ता निष्कर्षविहीन

ओली र नेपालबीचको वार्ता निष्कर्षविहीन


काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता निष्कर्षविहीन बनेको छ । बुधबार साँझ मेरियट होटेलमा भएको दुई नेताहरूबीचको वार्ता निष्कर्षविहीन बनेको हो ।

नेता सुरन्द्रेले पाण्डेले भने वार्ता सकारात्मक बनेको दाबी गरे । “सुरुमा हामीले उहाँहरूलाई वान टु वान वार्तामा बसाएका थियौँ । छलफल सकारात्मक दिशामा छ । बाँकी भाेलिकाे कार्दल बैठकमा छलफल हुन्छ,” उनले भने ।

नेता भीम रावलले वार्तामा कुनै ठोस उपलब्धि भएको संकेत गरेनन् । 

“समग्रमा पार्टीको एकतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । पुनः यस विषयमा छलफल हुने छ । हामीले लामो समयदेखि छलफल गरिरहेका छौँ । हामी जति पनि छलफल गरिरहेका छौँ, पार्टी एकताका गरिरहेका छौँ,” उनले भने ।