काठमाडाैं । लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान [Everest Experience Flight] सुरू गरेको छ । यसले पर्यटनलाई केही गति प्रदान गर्नेछ । आउँदो शनिबार डिसेम्बर ५ देखि सुरू हुने यो माउण्टेन फ्लाइटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ…