मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माउन्टेन फ्लाईट सुरू, एउटा किन्दा अर्को टिकट फ्रि

माउन्टेन फ्लाईट सुरू, एउटा किन्दा अर्को टिकट फ्रि


काठमाडाैं । लामो बन्दाबन्दीपछि बुध्द एयरले पुनः पर्वतीय उडान [Everest Experience Flight] सुरू गरेको छ । यसले पर्यटनलाई केही गति प्रदान गर्नेछ ।

आउँदो शनिबार डिसेम्बर ५ देखि सुरू हुने यो माउण्टेन फ्लाइटको उडान करिब १ घण्टाको हुनेछ । काठमाडौं त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ । 

बुध्द एयरले यसका लागि रु. ८ हजार ९ सय भाडा तोकेको छ । यसमा झ्यालसहित सँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालको लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुनेछ ।