मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौ महिनापछि पशुपतिनाथ मन्दिर खुल्ला

नौ महिनापछि पशुपतिनाथ मन्दिर खुल्ला


काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो । 

कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्तजन पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो । 

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । 

मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।