मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुलासैन कालाखोला कमैसे सडकको एक टोलीद्वारा अनुगमन

ठुलासैन कालाखोला कमैसे सडकको एक टोलीद्वारा अनुगमन


अछाम : जिल्लाको मंगलसैन नगरपालिका अन्तर्गत वडा नम्बर ६ र ७ मा पर्ने ठुलासैन, कालाखोला, कमैसे सडकखण्डको नगर प्रमुखको नेतृत्वको एक टोलिले अनुगमन गरेको छ । नगर प्रमुख पदम बोहरा र नगर उपप्रमुख एवं अनुगमन समितीका प्रमुख सरिता उपाध्यायको नेतृत्वमा गएको टोलिले उक्त सडकखण्डको अनुगमन गरेको हो ।

प्रदेश सरकारको २१ लाख र स्थानीय सरकारको केहि रकम गरि संयुक्त रूपमा २६ लाख २६ हजारको लागतमा स्तरोन्नति गरिएको उक्त सडकको लागत रकम अनुसारको काम संतोषजनक भएको नगर प्रमुख बोहराले बताए । अनुगमन पश्चात नगरप्रमुख बोहराले सडक स्थरउन्नती भए संगै नगरपालिकाको वडा नम्बर ६ र ७ का स्थानिय जनताहरु लाई आवत जावतमा सहज हुने बताए ।

उनले उपभोक्ता समिति मार्फत स्तरोन्नति भएको उक्त सडक खण्डको कामप्रति खुशी व्यक्त गरेका छन् । उक्त सडकमा १८ सय मिटर डबल कटिङ र  १ सय १५ घनमिटर ग्याबिन जालीको काम भएको सब इन्जिनियर सुरेश बहादुर पालले बताए ।

अनुगमन टोलिमा मंगलसैन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुंगाना, उपभोक्ता समितीका अध्यक्ष हर्क बहादुर खड्का, सबइन्जिनियर हरिचन्द्र बडा, नेकपाका प्रतिनिधि कालू कामि, नेपाली काँग्रेसका वडा सभापति पदम बहादुर थ्यायत लगायतको उपस्तिथि रहेको थियो ।