काठमाडौं- तिब्वती भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा बिक्री गर्ने तयारीमा रहेका ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय अपराध महाशाकाको संयुक्त टोलीले आफै ग्राहक बनेर चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो। थानकोट बृत्तका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–४ का…