मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १८० कोरोना संक्रमित थपिए

नेपालमा १८० कोरोना संक्रमित थपिए


काठमाडौं- देशका विभिन्न ठाउँबाट कोरोना संक्रमण भई उपचारपछि निको हुनेको संख्या झण्डै ७ हजार नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न ठाउँका आइसोलेसन तथा अस्पतालबाट २६४ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

याेसहित अहिलेसम्म कोरोना संक्रमणमुक्त भएर ६ हजार ८११ जना डिस्चार्ज भएका छन्।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १८० जना संक्रमित थप भएका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा २९ हजार २१५ जना रहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसन बसेका व्यक्तिको संख्या ९ हजार ११८ छ।