एकेन्द्र बहादुर खड्का
जिन्दगीको महत्वपूर्ण कालखण्ड परदेशमा बिताएका मेरा बा‘ले मेरो देश नेपाल हो र यहाँ प्रशस्त हिमाल, पहाड र समथर भू–भाग (तराई) पनि छ भन्ने बाहेक खासै अन्य जानकारी पाउनुभएको थिएन । नेपालको प्राकृतिक विविधता र सुन्दरताले जति लोभ्याइरहेको हुन्छ, त्यति नै यहाँको बहुजाती, बहुभाषी, बहुधार्मिक र बहुसांस्कृतिक पक्षहरूले खुब छोइरहेको हुन्छ । बाटोमा परम्परागत पोसाकमा कसैलाई देख्योभने पर्खेरै केहीबेर हेरेपछि सुरुमा अनुमानकै भरमा भन्नुहुन्छ र पछि सोधेर पक्का गर्नुहुन्छ ।
बा‘को बिहे भएको ६ महिनापछि हजुरबुवाको देहावसान भयो । दाजु भाउजू हजुरआमासँग छुट्टिएर अलग भएपछि माहिलो छोरो भएरपनि आमा, तीन बहिनी एक भाइको रेखदेख र घरको जिम्मेवारी मेरै बा‘को काँधमा प¥यो । सुदूरपश्चिमको विकट जिल्ला अछाममा आज भन्दा ४० वर्ष अगाडि रोजगारी पाउनु त्यति सजिलो कहाँ थियो र ? खेतिपातिले मात्र घर परिवार धान्न गाह्रो भएपछि बा मेरी दिदी जन्मेको ६ महिनापछि सपनाको सहर मुम्बई लाग्नुभयो । प्रायः अछामको प्रत्येक घरको कम्तीमा एक मान्छे त मुम्बईमा हुन्छन् नै कतिका त परिवार नै त्यतै व्यवस्थित भैसकेका छन् । घरमा भेटघाटको लागि प्रायः दुई वर्षमा र कहिलेकाहीँ एक वर्षको दसैं भेट्नेगरी आउने मेरा बा‘ले कोही आफन्त, आफ्नो समाज र परिवार बाहेक खासै देशका नेताहरू पनि चिन्नुभएन । घरायसी समस्या र पारिवारीक झगडाकै बीच बा‘ले बहिनीहरू र भाइको बिहे गरिदिनु्भयो । भाइको बिवाहपछि हजुरआमाको पनि देहावसान भयो ।
पारिवारिक झगडा, घरायसी समस्या र केही सुख सुबिधाको लागि हाम्रो परिवार २०५४ सालमा कैलालीको मालाखेतीमा बसाईँ स¥यो ।
दाइ म र बहिनी मालाखेतीकै श्री ग्वाशी विद्यालयमा भर्ना भयौँ । हामी तराई बसाईँ स¥यौँ तर बा‘को सपनाको सहर मुम्बई आजसम्म पनि कतै सरेन । हामी दुई भाइ, दुई दिदी बहिनी र बिरामी भइरहने आमाले टेवा पु–याइरह्यौँ । बा‘को मुम्बई जाने र घर आउने पुरानै सिलसिला निरन्तर जारी रह्यो । कक्षा १२ सम्म ग्वाशी मा. वि. मै पढेपछि उच्च शिक्षाको लागि म २०६५ सालतिर प्रकाश दाजुसँगै (प्रकाश भट्ट) काठमाडौँ लागँे । प्रकाश दाजुका जेठा दाजु अनि मेरा बा अत्यन्तै मिल्ने साथी हुनुहुन्थ्यो । उहाँहरू मुम्बईमा पनि सँगै बस्ने भएर हामीलाई नि काठमाडौँमा सँगै बसुन् भन्ने चाहन्थे । म स्नातक तेस्रो वर्ष पढ्दै गर्दा २०६७ सालतिर मेरा बा आमाले पहिलो पटक काठमाडौँ चिन्नु भएको हो र त्यतीखेरै चिन्नु भएको हो पशुपति, स्वयम्भु, बसन्तपुर, पाटन, जाउलाखेल, नारायणहिटी, कीर्तिपुर र कलंककीको जाम । त्यो बसाईँले बा‘को मन नेपालप्रति साह्रै लोभियो । त्यसपछि अहिलेसम्म बा हामीलाई भेट्ने अनि देश चिन्ने सिलसिलामा चारपटक काठमाडौँ आउनुभयो । कलेज र जागिरको समय मिलाएर मैले र बहिनीले धेरै ठाउँ चिनाउन तथा घुमाउन नसके पनि भक्तपुर, पोखरा, मनकामना, चितवन सिजीधाम अनि लुम्बिनीसँग परिचय गरायौँ । यसरी घुम्न जाँदा म विद्यालय तथा कलेज बिदामा बा‘ले मुम्बईका विभिन्न स्थान गेट वे ईन्डिया, चौपाटी, ह्याङिग गार्डेन, सङ्ग्रहालय अनि सिनेमाघर लगेको खुब याद आइरहन्छ । यस पटकको बा‘को काठमाडौँ बसार्इँ भने केही कारणले गर्दा भिन्न बन्न पुग्यो । उपचारको क्रममा आमा काठमाडौँमै हुनु, नातीको मुहार हेर्न पाउनु र नेपाल भ्रमण वर्ष २०२० को अवसर पनि जुर्नुले बा‘को यस पटकको काठमाडौँको करिब एकमहिनाको बसाईँ अरुबेलाको भन्दा फरक रहन पुग्यो ।
अचेल समाजिक सञ्जालमा जोडिएपछि र बा‘ले स्मार्ट फोन बोक्ने भएपछि बा‘लाई नेपाल चिन्न र आफ्नो लोकसंस्कृति जान्न थप टेवा मिल्यो । बा युट्युबमा नछुटाई अनि दोहो¥याई दोहो¥याई हेर्ने कार्यक्रम हो ‘इन्द्रेणी’ । कृष्ण कंडेल अनि इन्द्रेणी कार्यक्रम ठूला फ्यान हुन् मेरा बा का । मुम्बईमा रहँदा कतिपटक हामीलाई कल गरेर अछामको प्रतिनिधित्व गर्दै इन्द्रेणी जानु र टिमलाई आफ्नो तर्फबाट एक दुई हजार दिएर आउनु भनेर भनिरहनुहुन्थ्यो तर हामी कहिल्यै गएनौँ । टेलिभिजनमा भने केही शृङ्खला हेयौँ । देउडापछि मन पर्ने विधाको गीत लोकदोहोरी बन्नुको श्रेय इन्द्रेणी कार्यक्रमलाई जान्छ । खासमा इन्द्रेणी कार्यक्रमले लोक संस्कृतिको संरक्षण, दुखी बिरामीहलाई सहयोग अनि नेपालका विभिन्न ठाउँहरू चिनाउँदै नवप्रतिभालाई स्टेज दिएको खुब मन पर्छ बालाई । नेपालका धेरै स्थानहरू इन्द्रेणीकै माध्यमले चिनेका छन् बा‘ले । यसपटक बालाई काठमाडौँ पूर्वको भाग चिनाउने योजना बन्दै थियो । अझ भनौँ पूर्वी नेपालको इलामलाई गन्तव्य बनाएर बाटोमा पर्ने अन्य जिल्ला र रमणीय स्थानको भ्रमण गराउने रहर थियो । त्यसै अनुरुप मैले इलामकै सुरेन थापा सरसँग सल्लाह लिएर ट्याक्सी रिजर्भ गरी दुई दिन दुई रातको योजना बनाएँ । बिपि राजमार्ग हुँदै सिन्धुली जनकपुर घुमेर इलाम जाने योजना बन्यो । नसोधे पनि बा र म सँगै बहिनी, भदैसाली र छोरी काफिया पनि जाने सोचेको थिएँ । बाटो खाजाको तयारी पनि भयो । फाल्गुन ९ गते शिवरात्रीको दिन जब बिहान भयो बा र म तयार भयौँ तर बहिनी र भदै साली तयार भएनन् जाने मन नै छै भने । त्यसपछि पूर्व घुम्ने हाम्रो योजना स्थगित भयो । अनि एकाएक बा र म मात्रै लमजुङको घलेगाउँ जाने र लमजुङकै जिल्ला प्रमुख अधिकारी लक्ष्मण खड्का (मेरा अंकल) लाई पनि भेटेर आउने योजना बन्यो ।
बिहान ७ः४५ बजेतिर कीर्तिपुर डेराबाट निस्कियौँ । काफिया र बहिनी उठिसकेका थिएनन् । हामी कलंकीबाट बिहान ८ः१५ बजेतिर लमजुङ बेसिशहरको बस चढ्यौँ र लमजुङ जाने बाटो समात्यौँ । बा‘ले बाटोमा बिभिन्न जिल्लाहरूको सिमानाबारे खुब चासो राख्नु भयो ।अझ चासो दासढुङ्गाबारे राख्नुभयो । मैले हामी दासढुङ्गा पुग्नु पर्दैन । मुग्लिनबाट नै त्रीशुली पारी जाने हो भनेर जानकारी गराइसकेको थिएँ तर पनि बा बेला बेला बा‘को मुखबाट फुत्किरहन्थ्यो, “दासढुङ्गा कहाँनेर पर्छ ?” मैले पनि त्यतिबेल मदन भण्डारीको कामको खुब चर्चा हुन्थ्यो र बा भन्दा ? “चर्चा भन्दा नि राम्रो मान्छे भएर मारेको अरे भन्नुहुन्थ्यो ।” त्यही पनि रेडियो नेपालमा नाम सुनेर हो नत्र को हो को हो बालाई पत्तै थिएन ।
कुरिनटारमा खानाको लागि बस रोकियो तर राम्रोसँग खाना नखाँदै बस हिँड्ने सुर ग¥यो । पहिले करिब एक घण्टा जाममा फसिसकेको हुनाले त्यो समय उतार्नको लागि खाना खाने समय कटौती गरेर बस हिँडाएको सहचालकको भनाइबाट बुझियो ।
बा‘को प्रश्नोत्तरको शृङ्खला जारी नै थियो, मुग्लिनको पुल तरेपछि बाले सोध्नुभयो, “यो कुन जिल्ल हो ?” “तनहुँ ।”
“अनि स्याङ्जा कैले कता ?”
“स्याङ्जा परै हो पोखरा कटेसी आउँछ ।”
“अनि स्याङ्जा जाने बाटैमा तनहुँ छ त ।”
“हो ! यही बाटोमा हो, तर पोखरा कटेपछि स्याङ्जा लाग्छ तर हामी त्यता जानु पर्दैन । हामी अब डुम्रेबाट अलग बाटो लाग्छौ जुन बाटोले हामीलाई लमजुङ पु¥याउँछ ।”
दिउँसो २ः१५ बजेतिर बसले लमजुङको सिउँडिवार पु¥यायो । त्यसपछि हामी घलेगाउँ पुग्नको लागि अर्कै बसम चढ्नु पर्ने थियो । त्यहाँबाट अर्को बसमा आधा घण्टा जति यात्रा गरेपछि बसले बेसिशहर पु¥यायो । चालकसँग घलेगाउँ के कसरी जाने भनेर छलफल गरिरहेका बेला त्यही बसमा आएका घलेगाउँकै दुई जना भेटिए । उनीहरूले नै हामीलाई घलेगाउँसम्म पु¥याइदिे भए । हाम्रो गन्तव्यसम्मै पुग्ने साथि भेटिएपछि हामी पनि भोक र शौचको वास्तै नगरी उनीहरूको पछि लाग्यौँ । छोटो बाटो पर्ने भएकाले रिङ्गरोडको बाटो हिडाउँदै लगे । हिँड्दाहिँड्दै उनीहरूले बस काउन्टरमा फोन गरेर हामी चार जनाको लागि टिकटको व्यवस्था गरिदिन आग्रह गरे । त्यहाँ पुगेपछि टिकट काटेर जाने भन्दा रिजर्भ गरि जानेको भीड थियोे । शौचालय र खाजाको खोजीमा हाम्रा अपरिचित दुई मित्र र हामी बाउछोरा त्यँहीबाट अलग भइसकेका थियौैँ ।
बस पाए घलेगाउँ जानु नभए आज बेसीशहरमै बसाँैला भनी लक्ष्मण अङ्कलले भन्नुभएको थियो । हामी खाजा खाएर बस लाग्ने ठाउँमा आउँदा अगिका ती साथीहरू त्यहाँ थिएनन् । केही बेर कु¥यौँ उनीहरू आएनन् । सुमोहरू रिजर्भ लिँदै गइरहेका थिए । ती दुई व्यक्ति नआएपछि म वरिपरिका चिया पसलमा खोज्न थालेँ तर उनीहरू भेटिएनन् । अन्तिम दुई रिजर्भ भएका सुमो गाडी जान बाँकी थिए । त्यसपछि जाने गाडी थिएन । काउन्टरका स्टाफलाई हाम्रा अपरिचित ती दुई मित्रहरूको बारेमा सोध्दा उनीहरू मदिराले फिट भएको र झोला सुरक्षित राखिदिनु भन्ने खबर आएको बताए । जसको साहारामा हामी घलेगाउँसम्म पुगौँला भन्ने आश थियो उनीहरू आफैँ गन्तव्यबिहीन भएपछि अब जसरी भए पनि हामी आफ्नो बाटो लाग्नुपर्छ भन्ने लाग्यो । पाँचखालबाट गएको १४ जनाको टिमले दुई सुमो रिजर्भ गरेको रहेछ । सुमो चालकले कि पैसा थप्नुस् कि २÷२ जाना टिकटमा राख्छु भनेका रहेछन् । केहीबेर त्यो समूहले रिजर्भ गाडीमा मिल्दैन भन्दै हामीलाई चडाउन मानेन् । पछि चालकले कि २ हजार थप्नुस् कि २ जना थप्ने सहमति दोहो¥यए पछि हामी पनि त्यही सुमोमा मिलेर गयौँ । बेशिसहरदेखि घलेगाउँसम्मको दूरी २६ कि. मी. रहेछ ।
संयोगले हामी चढेको गाडी चालक स्थानीय नै परेकाले हामीले घलेगाउँ र लमजुङबारे धेरै कुरा जानकारी पायौँ । बा र म अघिल्लो र पछिल्लो सिटमा भएकाले बा‘को जज्ञासा राख्ने क्रम रोकियो । जे जति सुन्नुभयो अरुकै कुरा सुन्नु भयो र त्यसैबाट केही जानकारी पाउनुभयो । ३ः४५ तिर छुटेको बसले ५ः३० तिर घलेगाउँ पु¥यायो । शिवरात्रीको दिन भएर होला दिन भर बेला बेला सिमसिम पानी परिरहेको थियो । कच्ची बाटो चिप्लो भएकाले मोटरबाइकमा जानेलाई निकै गाह्रो भैरहेको थियो । धेरै मोटरसाइकलहरू बाटोमा चिप्लीदै लडेको हामीले पनि देख्यो । घलेगाउँ पुग्दा पनि सिमसिम पानी परिरहेकै थियो । बेलुका अँध्यारो हुने र भोलिपल्ट छिटै हिँड्नुपर्ने भएकाले म त्यस ठाउँको दृश्य कैद गर्न गाउँ अघिकै डाँडामा चढेँ । केही तस्बिर गाउँ पुरै आउने गरी लिएँ ।
अनि सिमसिम पानी परेकाले घलेगाउँ अझै खुलेको थिएन । बा गाडीबाट झरेकै ठाउँमा बस्नुभयो । म डाँडाबाट तल झर्दै गर्दा बाले केही कुरा बुझिसक्नुभएको थियो । सुरुमा हामी पर्यटक सम्पर्क कार्यलयमा जानु पर्ने रहेछ । सम्पर्क कार्यालयको अघिकारीले हाम्रो सामान्य जानकारी रेकर्ड राखेर समूहमा हुने मानिसहरूको सङ्ख्याको आधारमा कुन घरमा पठाउने भनी निर्णय गरेर उक्त घरको आधिकारिक ब्यक्तिलाई बोलाएर हामीलाई स्वागत गरि आफ्नो घरमा लिन लगाउने रहेछन् । होमस्टे सञ्चालन गर्ने हरेक घरको कोठा सङ्ख्या र कोठामा भएको बेड सङ्ख्या कार्यलयकै भित्तामा घरधनीको फोन नम्बर सहित राखिएको थियो । सुरुमा गाउँमा धेरै मानिसहरू आएको र ठाउँ नहुने बताए पनिपृछ हामी पनि दुई जना तीनजना अनि अर्को २ जनाको समूह एउटै घरमा जाने भयौँ । एकछिनमा हामीलाई आफ्नो घरमा स्वागत गर्न एकजना दिदी आउनुभयो । उहाँले मसँगै आउनुस भनेर आफ्नो घर लिएर जानुभयो ।
हामीलाई आ–आफ्नो कोठाको चाबी दिएर होमस्टे नम्बर १७ हो कतै बिर्से फोन गर्नु भनी आफ्नो नम्बर दिनुभयो । हामी झोला राखेर एकछिन गाउँ डुल्न हिड्यौँ । बादल लागेको कारण वरिपरिका पहाड पनि अलिअलि मात्र देखिएका थिए । अलि पर उत्तर कन्या प्रा. वि. स्कुल रहेछ । स्कुल प्रा. वि.सम्म भए पनि एउटा सुन्दर बास्केटबल कोर्ट र फुटबलकोर्ट थियो स्कुल भवन पनि डाँडामा सुन्दर तरिकाले बनाएका थिए । स्कुलको डाँडामा पुग्दा खुब हावा चलेको थियो । लाग्छ यो हावाले सबै बादल उँडाएर लैजान्छ र भोलिको दिन सुन्दर बनाउँछ । हामीले एक घन्टा जति समय लागाएर झिसमिसे अँध्यारोमा भए पनि घलेगाउँको वरिपरि एक चक्कर लगायौँ । बाटोमा पर्ने सात कुवा, मन्दिर, गुम्मा चिया बगान पनि झिसमिसेमा अलिअलि हेर्न भ्यायौँ अँध्यारो भएकाले खासै फोटो खिचेनौँ ।
घुम्दै घुम्दै हामी पहिले गाडीबाट झरेकै चोकमा पुग्यो र त्यहाँबाट सजिलै हामी बसेको घर पुग्यो । हामी भन्दा अघि नै हामीसँगै त्यो घर बस्न आएका तीनजना केटाहरू आगो तापेर बसि रहेका थिए । पछि परिचय गर्दा तनहुँमै माइक्रो फाइनान्समा काम गर्ने स्टाफ रहेछ्न दुई जना कैलालीकै र एक जना लमजुङकै गुरुङ । गुरुङ बेलाबेला होमस्टेका दिदीहरूसँग गुरुङ भाषामै कुरा गर्थे । उनीहरूले गुरुङ भाषामा बोल्दा हामी कमै शब्दहरुको अनुमान गर्न सक्थ्यौँ । मैले एककप चिया आगो ताप्दै भटमास र गुन्द्रुकसँगै खाएँ । बासँगै बाँकी केटाहरूले कोदोको झोलसँगै भटमास गुन्दु्रक खाए । हामी बसेको करिब आधा घण्टापछि भोजपुर घर भएका एक दम्पत्ती आइपुगे जसलाई हामीले बाटामा मोटरसाइकल लडाउँदै आएको देखेका थियौँ । हामी चिया पिएर गफ गर्दै बस्यौँ उनकी श्रीमती होमस्टेकी दिदीहरूसँगै खाना पकाउनमा सामेल भइन् ।
भोजपुरमा जन्मेका घले दाइको काठमाडाँै जोरपाटीमा आफ्नै घर रहेछ तर उनको जागर भने गोरखामा । ससुराली समेत गोरखा भएका घले दाइललाई गुरुङ भाषा भने बोल्न नआउने कुरा बताए । होमस्टेकी दिदीले बेलुकाको खाना के खानु हुन्छ भनी सोध्नु भो । म र घले दाइको दम्पतीले सादा दाल भात नै खाने जनायौँ भने बा लगायतका अरु कोदोको झोल खानेले दाल भात त जहिले जता पनि खाएको हामी त कोदाकोा ढिंडो खाने भने दिदीहरु अडर अनुसारकै खाना पकाउन थाल्नुभयो । हामी चिया र कोदोको झोल खाने बीच विविध बिषयमा कुराकानी भयो ।
घले दाइले आफ्नो विद्यार्थी जीबनका रमाइलस प्रसंग अनि घलेगाउँ बारे धेरै चर्चा सुनेको दक्षिण एसियाकै नमुना गाउँ टिभीमा मात्रै देखेको र प्रत्यक्ष नदेखेको हुँदा घुम्ने ठूलो धोको पूरा भएको कुरा सुनाए । खाना खाइ सकेपछि भरे राती ९ बजेदेखि माथि पर्यटन सभाहलमा रोधी हुन्छ सँगै हेर्न जाउँला हामी नि जाने हो भनेर होमस्टेको दिदीले बताउँदा हामी प्रत्यक्ष रोधी हेर्न पाइने भो भनी खुब खुसी भएका थियौँ । कुराकानी र खानाको स्वादसँगै रातको ९ः१५ भैसकेको थियो । होमस्टेकी दिदीले रोधी बस्ने नबस्ने बारेमा सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर बुझ्दा आज गाउँमा मानिसको बाक्लो उपस्थिति रहेकाले हलको क्षमताले त्यो भीडलाई थेग्न नसक्ने भएकाले रोधी नबस्ने कुरा थाहा भयो । त्यो खबरसँगै हामीह निरास भयौँ । रोधी जान नपाउने भएपछि केही साथीहरूले त्यहीँ नै मादल मगाउन थाले । होमस्टेका दिदीहरूले आफूसँग मादल नभएको बताउँदा पनि ती साथीहरूले मादलको माग गर्न छोडेनन् । रोधी नबस्ने भएपछि बा निकै निराश हुनुहुन्थ्यो । फेसबुक र युट्युब चलाउन थालेका मेला बालाई लोक सङ्गीत अझै बढी मन पथ्र्यो । रोधीबारे जिज्ञासा थियो । होमस्टेकी दिदीलाई सोधे, “दिदी यता जहिले रोधी हुन्छ ?”
“जहिले त हुँदैन, तर हप्तामा बढी जसो दिन भैरहन्छ ।”
“अनि हेर्ने प्रावधान कसरी छ नि दिदी ?”
“कम्तीमा १० जनाको टिमले अनुरोध ग¥यो भने तीन हजार ति¥यो भने रोधी बस्छ । १० जना भन्दा कम मानिसहरूको समूह भए आफ्नो इच्छा अनुसार फूल (पैसा) चन्दा दिनु पर्छ । चन्दा दिँदा यति उति भन्ने हुँदैन । आफ्नो इच्छाले जति दिँदा नि हुन्छ ।”
गाउँबारे अरु कुराहरू र देखिने हिमालबारे हामी केही बेर कुरा गरेर बस्यौँ । घलेगाउँबाट मनास्लु हिमाल, बुद्ध हिमाल, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे्र हिमाल लगायत अन्य हिमालहरू पनि देखिने कुरा दिदीहरूले सुनाउनु भयो ।
मादल खोज्न गएका केटाहरू गीत आउँदै आइपुगे मादल भने पाएनन् । मैले बालाई भने, “बा तपाई सुत्नुस् हामी यसो गाउँ डुलेर आउँछौ । रोधी भएछ भने हामी खबर गर्छाँै, भएन भने पनि हामी गाउँ घुमेर आउँछौ । चिसो छ तपाई सुत्नुस् ।” बालाई सुत्न लगाएर हामी चार जनाको टोलि गाउँ डुल्न निस्कियौँ । गाउँमा ठाउँ ठाउँमा सोलार बत्ति बालेको हुनाले गाउँ डुल्न त्यति अप्ठ्यारो थिएन । ठाउँ ठाउँमा मादल बजाउने आँफै गीत गाउने नाच्ने । उफर बजाउने र घरकै आँगनमा नाच्ने गाउने गरिरहेको अनुमान मानिसहरूको हो–हल्लाबाट पाइरहेका थियौँ । कोदोको झोल खाएका साथीहरू आफ्नै सुरमा गाउँदै हिँड्दै थिए । म भने कोही चिनेकै पो भेटिन्छन कि भनेर आफ्नै सुरमा अघिअघि लम्कँदै थिएँ । एकै छिनमा हामी एउटा घरको आँगनमा पुग्यौँ । जहाँ अरु हामी जस्तै घुम्न आएका मानिसहरूको समूह आगो ताप्दै मादल बजाएर गीत गाउँदै नाचिरहेका थिए । हाम्रो समूह पनि अनुमति लिएर त्यही समूहमा मिसियो । म आगो छेउमै कुर्सीमा बसी थपडी बजाउन थाले अरु साथीहरू नाच्न थाले । मलाई गाउन र नाच्न खासै नआउने भएकाले त्यसतर्फ जाने आँट गर्न सकिन र केवाल तालीले साथ दिएँ । त्यो भीडमा एकजना पुरुष एकोहोरो दोहोरी गाउँदै थिए । एउटी महिला एकोहोरो नाच्दै थिइन् । अरु सबै गीत गाउँदै थपडी बजाउँदै थिए । त्यो गीत गाउने मानिसले केही बेर त्यसरी नै एकोहोरो गाएपछी हाम्रो समूहको गुरुङ साथीले पनि दोहोरी फर्काउन थाले । एकछिन खुब रमाइलो भयो गाउने अनि नाच्नेहरुको ।
“मेरो माया बोलकी थियो
कुन पापीले नबोल भन्दियो ।”
यस्तै यस्तै गीतहरू मादलको तालसँगै घन्किरहेका थिए । फेरी अर्को समूह हामी जसरी नै रमाइलो खोज्दै आइपुग्यो । नाच्ने र गाउनेको आँगनमा भीड लाग्यो । माहोल अझ रमाइलो बन्दै थियो । त्यो होमस्टेको दाइ आएर गीत गाउने अनि मादल बजाउनेको कानमा सुटुक्क भोलि समितिको मान्छेले मलाई अप्ठ्यारोमा पार्छ कृपया अब बन्द गरिदिनुस भने । अनि गीतबाटै बिदाइ भएर गीत गाउनेहरूले नाचगान औपचारिक रूपमा टुङ्ग्याए ।
नाचगान सकिने बित्तिकै त्यसै होमस्टेको दाइले माथि सभा हलमा घाटु नृत्यको लागि एक समूहले अनुरोध गरेको रहेछ । १० बजेबाट घाटु नृत्य हुने कुरा छ । हेर्न मन हुनेहरू जान सक्नुहुन्छ भने । त्यो घरमा बस्ने पाहुनाहरूले अब सुत्ने नजाने भन्न थाले तर हामी चार जना भने जाने भयौँ । सभाहल कहाँनिर छ, हाम्रो समूहका कसैलाई थाहा थिएन । अरुले गाउँको माथि छ भनेको अनुमानमा हामी माथितिर लाग्यौँ बाटो र घरमा खासै मान्छे देखिँदैन थिए । एक घरमा भाँडा धोइरहेकी एकजना महिलालाई सोध्यौँ । थोरै माथि पछाडिको बाटो लाग्नुस् भन्नुभयो । सभाहल बाहिरै केही मानिसहरू परम्परागत पोशाकमा र केही नाच हेर्न गएका मान्छे उभिएका थिए । बालाई फोन गरँे लागेन अनि त्यो होमस्टेकी दिदीलाई कार्यक्रम हुँदैछ दिदी बालाई पठाइदिनुस् भनेँ । दिदीले अघि नै खबर गरेको बा‘ले जाडोमा नजाने भन्नुभयो भन्ने खबर सुनाइन् । बा नआएर नि ठिकै भो बालाई त्यस्तो नृत्य खासै मन नपर्ने अनि नबुझ्ने खालको थियो । एकछिनमा बाहिर भएको सबैलाई भित्र आउन अनुरोध गरियो सबै जना भित्र गयौंँ । ढिलो सूचना भएको हुनाले होला सायद हलमा खासै मानिसहरू थिएनन् हलमा भएका सिटहरूमध्ये ३०५ सिट भरिएका थिए । एक समूह १५ जनाको रहेछ बाँकी अलि साना–साना समूह थिए । हलभित्र बालक देखि वृद्ध सम्म आफ्नो परम्परागत पोसाकमा थिए । एकछिनमा कार्यक्रम सञ्चालकले घाटु नृत्यको परिचय दिए र घाटु नृत्यका कलाकारहरूलाई नृत्य देखाउन अनुरोध गरे । त्यसअघि सञ्चालकले घाटु नृत्य देउताहरूको नृत्य हो यो नृत्य हेरेर सबैलाई रमाइलो नलाग्न सक्छ भनेर सबैलाई धैर्य राख्न प्रयास गरिसकेका थिए । तर यो देउताहरूको नृत्य भएर बुझ्नेका लागी यो धेरै अर्थपूर्ण अनि महत्वपूर्ण छ । घाटु नृत्य दुई प्रकारको हुन्छ एउटा बाह्रैमास नाच्न मिल्ने र अर्को निश्चित महिनाहरूको पूर्णिामादेखि पूर्णिमासम्म ।
तीन जना महिलाहरूमा दुई किशोरीहरू र बीचमा एक ४० वर्ष बढीकी महिला परम्परागत पोसाकमा बिस्तारै नाच्ने रहेछन् । त्यसैगरी बिस्तारै बजाउने र गाउनेले पनि स्टेज पछाडि बसेर साथ दिइरहेका थिए । १० मिनेट जति नाचेपछि सेतो रंगको अक्षेता लगाएर हामीलाई आशीर्वाद दिँदै आए हामीले पनि आफ्नो इच्छाअनुसार फूल अर्थात् पैसा थिलीमा राखिदियौँ । सञ्चालकले तपाईहरूलाई मन पर्यो भने यै नृत्यको अर्को चरण देखाउँछौ होइन भने आजलाई बिदा माग्छौँ भने । प्रायः सबैले अर्को चरण नहेर्ने सङ्केत गरे । सहरको क्लब र डिस्कोमा रमाएका मानिसहरू दोहोरी र मारुनीसम्म भए ठिकै मान्थे । घाटु नृत्य बुझ्न त के पुरै हेर्न पनि सकेनन् । पछि सबैजनालाई बिदा गरेर हामी आ–आफ्नो बासस्थानतिर लाग्यौँ ।
बा अझै सुत्न भएको रहेनछ बरु उहाँ त मोबाइलमा इन्द्रेणी कार्यक्रम हेर्दै हुनुहुन्थ्यो । बिहान ६ बजे नै उठ्यो भने गाउँ अगाडिको डाँडाबाट सूर्योदय हेर्न सकिने र सूर्योदय हेर्ने भए ६ बजे नै उठ्नु भन्ने कुरा खाना खानु अघि नै हामीलाई अबगत थियो । बिहान बेलैमा उठ्ने निर्णय सहित म मोबाइल चार्जमा लगाएर सुतेँ ।
म बिहान ५ः३० मा उठ्दा बा आफ्नो नित्यकर्म सकेर तातोपानीको खोजीमा होमस्टेकी दिदी भएतिर गइसक्नु भएको थियो । उता दिदीलाई बिउँझाउन नसकी बा फर्केर आफ्नै बिस्तारामा सुत्नुभयो । म बा‘को लागि तातोपानी खोज्न गएँ । होमस्टेको दिदीले मलाई थरमसमा तातो पनी र दुई खाली कप दिनुभयो । तातोपानी बा लाई थमाएर म आफ्नो नित्यकर्म तिर लागेँ । तातोपानी र चिसो पानी नै मिसाएर हात मुख धोएँ । बिहान गाउँ घुमेर सकेपछि मात्र नास्ता खाएर बेशिसहरको लागि निस्कने कुरा भएको थियो । बिहानको चिसोबाट जोगिन हामी बाक्लो कपडा लगाएर सुर्यदय हेर्न डाँडतिर लाग्यौँ ।
हाम्रो पल्लो कोठाका साथीहरू भर्खर उठेर हात मुख धुँदै थिए । बा र म घाम उदाउन अघि नै क्यामेरा बोकेर डाडामा पुग्यौ । अघिल्लो दिन अलिअलि पानी परेको भएर होला त्यस दिन मौसम खुब खुलेको थियो । हुन त त्यस दिनको मौसम खुल्ने सङ्केत अघिल्लो दिन बेलुकाको आकाशले नै छनक देखाइसकेको थियो । सूर्य उदाउनु अघि नै घलेगाउँका दुई चार फोटो लिन भ्यायौँ । केही तस्बिर सूर्योदयका अनि केही तस्बिर त्यसँगै देखिएको गाउँ अनि हिमालका क्यामेरामा कैद गरेँ । घलेगाउँ अगाडिको बायाँ डाँडामा समग्र गाउँ अनि हिमालहरू हेर्न मिल्ने भ्युटावर छ । गाउँ घुम्न आएका धेरै जसो मान्छेहरु त्यही टावरमा पालैपालो चढेर हिमाल हेर्दै अनि फोटो खिच्दै थिएँ । हामी पनि त्यही टावरमा चढेर हिमल हेर्दै फोटो खिच्यौँ । त्यस पस्चात् हामी सँगैको उत्तर कन्या प्रा.वि. स्कुलमा गएर स्कुलको अगाडि डाँडामा सामुहिक फोटो खिच्दै गरेको समूह सँगै फोटो खिचेर त्यहाँबाट सात कुवा, मन्दिर अनि गुम्बा तिर लाग्यौँ ।
बाटोमा अथवा भनौ जहाँ त्यहीँ गाउलेहरूले कलात्मक तरिकाले दाउराका खात मिलाएर राखेका थिए उक्त खात हेर्दा सामान्य लागे पनि एउटै साइजमा चिरेका दाउरा भिन्न आकारमा राखेको हुदा त्यी दाउराका खात आकर्षक थिए ।
गुम्बाबाट हिमालहरु अझ स्पष्ट देखिन्थे अनि हिमाल छेउका गाउँहरु पनि आकर्षक देखिन्थे ।
त्यस पश्चा हामी हिजो झिसमिसेमा देखेको चियाबारी तिर लाग्यौ ।हिजो राती परिसकेको हुनाले चियावारी त्यति राम्रो देखिएको थिएन । हामी आज चियाबारी भित्र नै पसेर हेर्यौ बिहानको कलिलो घाम अनि पृष्ठभुमिको हिमालहरूले चियाबारी सुन्दर देखिएको थियो । त्यहाँ चियाका साना बिरुवा टनेलमा हुर्काउँदै गरेका पनि रहेछन् । एकछिन चियाबारी डुलेर हामी फोटो खिचेर गाउँतिर लाग्यौँ । हिजोको बाटो हिजोको चोकमै पुग्ने भएकाले हामी आज गाउँको बीचबाट माथी लाग्यौँ । हिँड्दै जाँदा हिजो बेलुका घाटु नृत्य हेरेको पर्यटनसभलहलसम्म पुग्यौँ । पृष्ठभुमिको हिमालले सभाहल खुब सुन्दर देखिएको थियो । मनै लोभ्याउने त्यो दृश्य देख्दा हामी बाउछोराको सामुहिक तस्बिर खिच्न मन लाग्यो र हामीले त्यहीँ भएका एकजनालाई हाम्रो फोटो खिच्न लगायौँ । त्यसपछि हामी गाउँको बीचबिचै हामी आपूm बसेको घरतिर लाग्यौं । बाटोमा जाँदै गर्दा ढुङ्गाले बनाएका वार अनि घरका बीचबिच बाट देखिने हिमालले गाउँको सुन्दरता अझ झल्किएको थाहा भयो । बाटोमा हिँड्दै गर्दा मन छुने दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्दै हामी आफू बसेको घर पुग्यौँ ।
अघिल्लो दिन गाडिले हामीलाई छोडेकै ठाउँमा त्यस बिहान ९ः३० बजे सबैजना जम्मा हुने कुरा उनै हामीलाई ल्याइदिने सुमो चालकले बिहानै जानकारी गराइसकेका थिए । त्यही समय अनुसार हामी आफ्नो समय मिलाउँदै थियौँ । होमस्टेको दिदी भाँडा धुदै हुनुहुन्थ्यो । उहाँले हामीलाई आफ्नो गाउँ कस्तो लाग्यो भन्ने बारे जिज्ञासा राख्नुभयो । मैले यहाँका मानिसहरूको मन जस्तै गाउँ पनि सुन्दर रहेको जानकारी गराएँ । दिदीको मुहारबाट मुस्कान मात्र पायौँ । त्यतिबेलासम्म नास्ता तयार भइसकेको रहेछ । हामी नास्ता खान तयार भयौँ । हामी बसेकै घरमा बसेका तीनजना केटाहरूको समूह गाउँको फेरो मारेर पनि नास्ता खाइवरी आफ्नो बाटो लागिसकेछन् । अण्डा, कोदाको सेल, तरकारी अनि चिया ल्याएर दिदीले टेबलमा राख्नुभयो । सानो छँदा गाउँमा कोदाका रोटी खाँदा कडा लाग्थ्यो त्यै सोचेको थिएँ सेल पनि अलि कडै होलान् । तर ठिक बिपरित चामलका सेल भन्दा नि कोदाको सेल नरम थिए ।
नास्ता खाइ सकेपछि मैले आफ्नो झोला तयार पारेँ । होमस्टेकी दिदी मध्ये एकजनाले थालमा टिका र अर्को दिदीले हातमा माला लिएर आउनु भयो । सुरुमा मलाई अनि बालाई लगाइदिनु भयो । उहाँहरूले गर्नुभएको बिदाइपछि आफ्नै हिसाबले दक्षिणा सहित धन्यवाद दियौँ । घरबाट निस्कनु अगाडि हामीले दिदीहरूसँग फोटो खिचायौँ । एउटी दिदी हामी सँगै हाम्रो बिल तिर्न पर्यटन सम्पर्क केन्द्रको अफिसमा आउनुभयो । पर्यटन सम्पर्क कार्यालयमा बिल अनुसारको भुक्तानी गरिसेकपछि हामी आफ्नो बाटो लाग्यौँ ।
हामी जाने भनेको गाडीमा जाने सबैजना लगभग तयार भइसकेका थिए । गाडी ९ः४५ बजेतिर त्यहाँबाट छुट्यो । हिजो बेलुकाबाट नै पानी पर्न रोकिएको हुँदा बाटो लगभग सुख्खा भै सकेको थियो त्यस माथि फर्कँदा प्रायः ओरालो थियो । बाटोमा एक ठाउँमा ड्राइभरदाईले तल बेशिसहरको दृश्य माथि हिमालको दृश्य अनि लाँलीगुरास टिप्नको लागी एक ठाउँमा लगभग १० मिनेट जति गाडी रोकीदिनुभयो । त्यो ठाउँमा हामीले केही दृश्य हेरी केही गुराँस टिपेर केही फोटो खिची बेशिसहरतिर लाग्यौँ ।
पौने बाह्र बजे हामीे बेशिसहर आइपुग्यौँ । हामीसँगै आएका अर्को समूहलाई उनीहरूको गाडी भए तिर छोडीदिए तर मैले जिल्ला प्रसाशन कार्यालयको सिडिओ क्वार्टरसम्म पु¥याइदिनु भनेपछि हामीलाई त्यही गाडिले लमजुङ प्रमुख जिल्ला अधिकारी लक्ष्मण अङ्कल बस्ने घरसम्म पु¥याइदियो । पारिवारिक भेटघाट अनि खाना खाइ सकेपछि प्र.जि.अ.को काम, कर्तव्य र अधिकारप्रति अङ्कलसँग मैले केही जिज्ञासा राखेँ केहीबेर हामी यसैमा छलफलियौँ । यसका अलावा लमजुङ जिल्लाका धेरै विशेषता बताइदिनु भयो । त्यहाँको भौगोलिक वातावरण, रहनसहन, पेशा व्यवसाय, बिकास आयोजना, राजनैतिक बिचारधारा, लमजुङ जिल्लाको इतिहास अनि मानिसहरूको व्यवहार सम्मको कुरा गर्नु भयो । त्यस ठाउँका मानिसहरूप्रति लक्ष्मण अङ्कल पनि प्रफुल्लित भएको मैले पाएँ । अङ्कलले आफु बस्ने घरको छतबाट मलाई अन्य केही ठाउँहरूपनि देखाइदिनु भयो । लमजुङमा पर्ने बाँझखेत पनि त्यहीँबाट देखिने रहेछ । त्यसै खेतको नामबाट बनेको रहेछ बाँझोखेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा भन्ने गीत बनेको पनि । लमजुङमा घुम्न लायक धेरै ठाउँ भएका अङ्कलले केही दिन उतै बस्न कर गरेको भए पनि मेरै पारिवारीक र पेशागत समस्याले गर्दा त्यसै दिन बालाई लिएर म आफ्नो कर्मथलो फर्कने भएँ । अङ्कलले त्यतैको कर्मचारीलाई भनेर माइक्रो बसको सिट बुक गरिदिनुभयो ।
हामी अङ्कल बसेको घरको छतमा सामुहिक तस्बिर खिचाउँदै गर्दा माइक्रो आइपुग्यो र सबैसँग बिदावारी भइ दिउँसो १ बजे काठमाडौँको यात्रामा बस छढ्यौँ ।
प्रतिक्रिया