मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाइफ लाइन अछामको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लाइफ लाइन अछामको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


अछाम: लाइफ़ लाइन अछामको आयोजनामा साफ़ेबगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिका वड़ा नम्बर ३ को सिददेश्वरमा भाएको शिविरमा १७० जनाले सेवा लिएका छन ।

शिविरमा स्वास्थ्य चेकजांच, दीर्घ रोगीहरू लाई उपचार तथा परामर्श, उच्च रक्तचाप र मधुमेहको स्क्रीनिङ र निशुल्क औषधि बितरण गरिएको छ ।

शिविरमा अछाम जिल्ला अस्पतालका डा. कृष्ण बहादुर सोडारि, बयालपाटा अस्पतालका डा. बिशाल खडका र महेन्द्र कुँवरले सिद्देस्वर निवासी १७० जनालाई सेवा दिएका थिए ।

बृद्धअबस्था र शिविर सम्म पुग्ने अवस्था नभएका हरुलाई निशुल्क यातायातको समेत बेवस्था गरिएको थियो।

औषधिको खरीदको लगी आर्थिक सहयोग बिक्रम कुँवर (UK) र जयसिंह आउजी (गौरव जेवेलर्स पुने) गरेका थिए भने शिविरमा साफेबगर नगरपालिका, सिद्धेस्वर स्वास्थ्यचौकी, सा.न.पा. ३ नम्बर वाडा कार्यालय र बयालपाटा अस्पताको सहकार्य रहेको थियो ।