अछाम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र अछाम क्षेत्र नं २ ख का प्रदेश सभा सदस्य मान बहादुर रावलले कमलबजारमा विभिन्न आयोजनाको सिलन्यास तथा अनुगमन कमलबजार नगरपालिकाका विभिन्न योजनाको सिलान्यास गरेका छन ।
कमलबजार नगरपालिकाको मुख्य केन्द्र कमलबजारमा अवस्थित श्री शक्ती आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको शिलन्यास गरिएको छ ।
सिलान्यास कार्यक्रममा बोल्दै विकाश मन्त्री खड्काले शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राज्यले लगानी गर्नु पर्ने बताउनु भयो । शिक्षा स्वास्थ्य क्षेत्रलाइ आफुले पहिलो प्रथामिकतामा राखेर काम गरिहेको उहाँले बताउनु भयो ।
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त लगानी र त्यसको चुस्त व्यवस्थापन पहिलो सर्त उहाँको भनाई छ ।
प्रदेश सभा सदस्य मान बहादुर रावलले नयाँ शिक्षा ऐन जारी गरी शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताउनु भयो । स्थानीय सरकारले पनी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनु भयो । भौतिक पुर्वाधारको विकास संगै शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
प्रदेशकै गौरवको आयोजनाका रुपमा निमार्ण भईरहेको कमलबजार नगरपालिका वडा नं ८ मा अवस्थित चौकेगडा खेल मैदानको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा मन्त्री खड्काले प्रदेशले चौकेगडा खेल मैदान –कवर्डहल निमार्णमा करौडौं लगानी भईसकेको र थप पुर्वाधार निमार्णका लागी प्रदेश सरकारले प्राथामिकतामा राखेर बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
पवार बिष्ट समाज नेपालको पवार बंशी बिष्टको खाणबेताल देवताको मन्दिरको पनि सिलान्यास गरिएको छ । सामाजिक विकाश मन्त्री खड्काले सिलान्यास गर्नु भएको हो ।
पंवार बिष्ट समाज नेपाल जिल्ला कार्य समिति अछामको आयोजनामा भएको कार्यक्रममा पंवार बिष्ट समाज नेपालका केन्द्रिय सदस्य सुरेन्द्र बहादुर बिष्टले अध्यक्षता गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश माननीय मान बहादुर रावल कमलबजार नगरपालिका नगर उपप्रमख सारदा बिष्ट कुँवर कमलबजार नगरपालिका पुर्व नगर प्रमुख ओम प्रकाश बिष्ट पुर्व नगरपालिका उपप्रमुख भुमिशरण ढकाल बजगाई लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधी, शिक्षक,समाजसेवी, प्रहरी पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया