मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशनमा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

रामारोशनमा एकीकृत स्वास्थ्य शिविर सम्पन्न


अछाम : रामारोशन गाउपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिबिर सम्पन्न भएको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजना भएको एकीकृत स्वास्थ्य शिविरमा ६२४ जनाले सेवा लिएका छन ।

बैशाख २१ गतेबाट वडा न ४,५,६ मा शिबिर संचालन भाएको थियो ।

जसमा रामारोशन स्वास्थ्य चौकी २०७ भाटाकाटिया २४८ र बाटुलासेन १६९ बिरामिको उपचार गरिएको रामारोशन गाउँपालिका सूचना अधिकारी दिपक खनालले जानकारी दिए ।

जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर सागर ताम्राकारको नेतृत्वको स्वास्थ्यकर्मिको टोलिले निशुल्क ल्याब र स्वास्थ्य उपचार गरेका थियो । टोलिमा सन्तोष कुवर ,गोबिन्द बोहोरा, भुपेन्द्र बुढा, मिन बहादुर बिष्ट लगायत स्वास्थ्यकर्मी  खटिएका थिए ।

शिविरमा आएर स्वास्थ्य सेवा लिएको भन्दै सम्पुर्ण सेवाग्राही हरुलाइ स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटाले धन्यवाद दिएका थिए ।