मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका बगर क्षेत्रमा धान पाक्न सुरु, कृषकलाई भित्र्याउने चटारो

अछामका बगर क्षेत्रमा धान पाक्न सुरु, कृषकलाई भित्र्याउने चटारो


पूर्ण बहादुर खड्का ।

अछाम जिल्लाका बिभिन्न क्षेत्रमा धान पाक्न सुरु भएको छ । जिल्लाका बिभिन्न बगर तथा नदिखोला किनारमा लगाईएको धानखेती पाक्न सुरु भएको हो । कैलाशखोला, बुढीगंगा, जनाली रवा, खेतगैरा, लोडे क्षेत्रमा लगाईएको धानखेती पाक्न सुरु भएका हुन् ।

सामान्यतया असोजको अन्तिम तथा कार्तिक तिर पाक्ने धान खेती यसबर्ष भाद्रको अन्त्य तिर नै पाक्न सुरु भएको छ । बगर क्षेत्रमा अन्य सुख्खा क्षेत्रको भन्दा छिटो खेत रोपिन भएकाले पनि धानखेती अरु क्षेत्रको भन्दा छिटो पाक्ने गरेको स्थानियले बताएका छन् । बगर क्षेत्रका किसानहरुले धानखेती भित्र्याउन सुरु गरिसकेका छन् ।

कतिपय भरर्खर सुरु गरिएको छ भने कतिपयले अलि पहिले देखी नै धान खेती घर भित्र्याईसकेका छन् । यस बर्षको बर्षामा गएको बर्षको भन्दा बढी पानी पनि परेका कारण धान खेती छिटो पाकेको स्थानिय कृषक टंक रावलले बताए ।

यो बर्ष मानो छरेर मुरी आर्जन गर्ने कृषकका लागि खेती राम्रो भएको उनको भनाई छ । यतिबेला कृषकहरुलाई धान भित्र्याउने चटारो भएको छ । तर कैलाखोला, बुढीगंगा क्षेत्रका कतिपय स्थानमा भने बाढी पहिरोले खेतीयोग्य जमिन सहित धानखेत पनि बगाएर काम नलाग्ने बनाएको छ ।

बगर क्षेत्रका खेतीयोग्य जमिनमा उर्वर माटो भएकाले धानखेती पनि राम्रै फल्ने गर्छ । खोलाका किनारमा रहेका खेतमा सिंचाइको लागि प्रयाप्त पानी उपलब्ध हुने भएकाले पनि खेती छिटो पाक्ने गरेको स्थानिय किसानहरु बताउनछन् ।

उर्वर जमिनको हराभरा धानखेतीले ग्रामीण पर्यटनको प्रयाप्त सम्भावना बाक्ने समेत कतिपयको बुझाई छ । यसबर्ष देशभर लकडाउन भएपिन अछामका बगर क्षेत्रका खेतहरुमा जेठ असारको महिना रोपाईको रौनक पनि कम थिएन ।

बैशाखको अन्तिम साताबाट नै अछाममा रोपाईको चटारो सुरु हुन्छ । अछामको साँफेबगर लगायत सिँचाई सुबिधा पुगेको ठाउमा बैशाखको अन्तिमबाट नै रोपाई सुरु भएको थियो । साँफेबगर र आसपासका खेतहरुमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिँचाईको सुविधा भएकाले बैशाखको अन्तिमबाट धान रोपाई सुरु भएका थिए ।

कृषि ज्ञान केन्द्र अछामका अनुसार जिल्लामा करिव साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिन्छ । जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ ।

फोटो : अछाम जिल्लाको कैलाशखोलामा धान खेती भित्र्याउदैँ गरेका किसानहरु तस्वीर : पूर्ण बहादुर खड्का ।