मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका सबै कार्यालयको बार्षिक प्रगति समिक्षा सम्पन्न, बजेटमा कृषीलाइ प्राथमिकता दिनुपर्ने समन्वय प्रमुख कुँवरको जोड

अछामका सबै कार्यालयको बार्षिक प्रगति समिक्षा सम्पन्न, बजेटमा कृषीलाइ प्राथमिकता दिनुपर्ने समन्वय प्रमुख कुँवरको जोड


अछाम । अछाम जिल्लाको आर्थिक बर्ष २०७९ ८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती अछामको आयोजनामा भएको प्रगति समिक्षा गोष्ठीमा अछामका कमलबजार नगरपालिका बाहेक अन्य ९ पालिकाहरुले आर्थिक बर्ष २०७९ ८० मा भएका कार्यक्रम, क्रियाकलाप र गतिविधिहरुको प्रस्तुती गरेका थिए ।

यस्तै जिल्लामा सञ्चालिन बिभिन्न सरकारी कार्यालय, गैरसरकारी संघ संस्थाहरुले समेत सो आर्थिक बर्षमा भएका कार्यक्रम तथा गतिबिधिहरुको प्रस्तुती गरेका थिए ।

उक्त प्रस्तुतीहरुमा आएका कुराहरुलाई अध्ययन गरि आगामी हुने कार्यक्रममा सुझाब सल्लाह प्रदान गरिने जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरले बताए । जिल्लाका अधिकांश पालिकामा पुजीगत खर्च कम भएको र चालुगत खर्च मात्रै बढी भएको देखिएको समे उनले बताए ।

आगामी दिन कृषी, रोजगारी लगायतका क्षेत्रमा समेत बजेट बिनियोजित गर्नु उनले सुझाब दिएका थिए । केही पहिले नै यो समिक्षा कार्यक्रम हुनुपर्ने भन्ने सहभागीको प्रश्नमा समन्वय प्रमुख कुवँरले बिबिध कारणले गर्दा ढिलो भएको र आगामी समिक्षाहरु समयमै हुने प्रतिवद्धता जनाएका थिए ।

अछामको सम्रग विकास र उन्नतीका लागि सबैले हातेमालो गर्नुपर्छ : नगर प्रमुख चलाउने ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले जिल्लाभरीका कार्यालयहरुको समिक्षा गर्नुपर्ने कार्यक्रमको अवधि छोटो भएको बताईन् । एक दिन पालिका र अर्को दिन अन्य कार्यालयहरुको समिक्षा हुनुपर्ने उनको भनाई थियो ।

यस्ता समिक्षा कार्यक्रमबाट बिभिन्न पालिका र अन्य कार्यालयहरुले गरेका राम्रा कुरालाई आत्मसाथ गर्न सकिने र सिकाई समेत हुने भएकाले कम्तिमा दुई दिने समय छुटाउनु पर्ने उनको भनाई थियो । आगामी दिनमा सो पक्ष सुधार गर्न उनको सुझाब थियो ।

यस्तै एक फरक प्रसंगमा बोल्दै नगर प्रमुख चलाउनेले अछाम जिल्लाको सम्रग विकास र उन्नतीका लागि सबैले हातेमालो गर्नुपर्ने बताईन् । यस्तै अप्ठेरो तथा हिंसामा परेका महिलाहरुका लागि आफ्नो नगरपालिकाले पहिले देखि नै सहयोग गर्दै आईरहेको र आगामी दिनमा समेत सहयोग गर्न सकिने बताईन् । त्यसका लागि दशवटै पालिकाका प्रुमखहरुलाई राखेर यसका बारेमा बुझाउनु पर्नेमा उनको जोड थियो ।

समिक्षा कार्यक्रममा मन्तव्य राख्दै मेल्लेख गाँउपालिकाका उपाध्यक्ष नृप खड्काले कुनै पनि कार्यक्रम गर्दा समयको ख्याल गर्नुपर्ने बताए । १० बजे का लागि राखिएको कार्यक्रम १२ बजे सुरु हुनु राम्रो नभएको भन्दै आगामी दिनमा समयमै कार्यक्रम गर्नुपर्ने सुझाब दिए । हतार हतारमा प्रस्तुती दिदाँ प्रभावकारी नभएको उनको भनाई थियो ।

कार्यक्रममा पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित कार्यालयहरुका प्रमुखहरु तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।