मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राउन बिश्वबिद्यालयका ४ जना प्राध्यापक डाक्टर अछाममा

ब्राउन बिश्वबिद्यालयका ४ जना प्राध्यापक डाक्टर अछाममा


अछाम : ब्राउन बिश्वबिद्यालय अमेरिकाका ४ जना प्राध्यापक डाक्टर अछामको बयालपाटा अस्पतालमा आएका छन् । दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन–२०२४ को अवसरमा उनिहरु अछाम पुगेका हुन् ।

३ दिन सम्म बयालपाटा अस्पतालमा उनिहरुले अर्थोपेडिक सर्जन, मेडिकल अधिकृत, पारामेडिक्स् लगायत स्वास्थ्यकर्मी र भिडियो एक्सरेमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई भिडियो एक्स–रे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवा दिने, बिरामीहरुको चोट भिडियो एक्सरेमार्फत कसरी पत्ता लगाउने भन्ने विषयमा स्तरवृद्धि तालिम दिएका छन् ।

सम्मेलनको अवसरमा भएको प्रि–वर्कसपमा ब्राउन बिश्वबिद्यालयका डाक्टर रामु खरेल, डाक्टर मार्क ब्राडी, डा. एरिका कन्स्टेन्टाइन र डा. शर्ली वुले हात खुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाइ कम कसरी गर्ने भन्नेबारे आफ्नो अनुभव बाँडेका छन् ।