मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा फोक्सो र दमका बिरामीका लागि छुट्टै युनिट, बिशेषज्ञ डाक्टरको परार्मशबाट सेवा दिईने

बयालपाटा अस्पतालमा फोक्सो र दमका बिरामीका लागि छुट्टै युनिट, बिशेषज्ञ डाक्टरको परार्मशबाट सेवा दिईने


अछाम । बयालपाटा अस्पतालमा दम र फोक्सो रोगका बिरामीहरुको उपचारमा सहजताका लागि छुट्टै युनिट तयार गरिएको छ । न्याय हेल्थ नेपालका कार्यकारिणी सदस्य तथा फोक्सो रोग बिशेषज्ञ डाक्टर रक्षा पाण्डेको सहयोगमा छुट्टै युनिट तयार गरेर सेवा दिन सुरु भएको छ ।

बुधबारबाट अस्पतालमा फोक्सो, दम तथा नसर्ने र दिर्घ रोगका बिरामीहरुलाई मध्यनजर गरेर ओपिडसैगै अलग कोठामा युनिट तयार गरेर सेवा दिन सुरु भएको हो । बिशेषज्ञ डाक्टर पाण्डेकोको पहलमा सुरु भएको उक्त कक्षमा डाक्टर पाण्डेले नै बिरामीलाई सेवा दिएर सुरु गर्नु भएको हो ।

आगामी दिनमा डाक्टर पाण्डे स्वयंम आफै बेला बेला अस्पतालमा आउने र उहाँ नभएको बेला यहाँबाटै अनलाईन मार्फत परामृश गरेर बिरामीलाई सेवा दिईनेछ । एक जना सम्पर्क व्यक्तीको रुपमा स्वास्थ्यकर्मीलाई तालिम दिएर सेवालाई थप प्रभाकारी बनाईने बयालपाटा अस्पतालले जनाएको छ ।

डाक्टर रक्षा पाण्डेले नै एकजना सम्पर्क व्यक्तीलाई मुख्यगरी फोक्सो र दमका बिरामीलाई केन्द्रीत गरेर तालिम दिने र ति स्वास्थ्यकर्मीले नै दैनिक रुपमा अस्पतालमा आएका बिरामीलाई डाक्टर पाण्डेसंग परार्मश सेवा दिनेछन् ।