मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेस्ट नेटवर्कको चरम लापरबाही : एक जना कर्मचारीको मृत्यु 

एभरेस्ट नेटवर्कको चरम लापरबाही : एक जना कर्मचारीको मृत्यु 

सुरक्षा सामाग्रीको प्रयोग नगराएरै काम गराउँछ एभरेस्ट नेटवर्क 


अछाम: एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । 

कालिकोट र दैलेखको सिमाना दही खोला नजिकै नेटवर्कको फाइबर विस्तार गर्ने क्रममा पञ्चदेवल विनायक नगरपालिका -५ लयाँटीका प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । 

मङ्गलवार साँझ ५ बजे तिर बिजुलीको पोलमा करेन्ट लागेको भए पनि  जिल्ला प्रहरी कार्यालय कालिकोट लाई राति ८ बजे खबर गरिएको बुझिएको छ । 

कालिकोट प्रहरी अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतले राति ११ बजे मृत घोषणा गरेको थियो । 

फाइबर विस्तारका क्रममा कुनै सुरक्षा सावधानीका सामाग्री प्रयोग नगरेरै काम गराएको बुझिएको छ । 

राष्ट्रिय प्रसारण लाइनको पोलमा एभरेस्ट नेट्वोर्ककाे फाइबर बिस्तारका क्रममा कर्मचारीलाई कुनै सुरक्षा सामाग्री नदिएर फिल्डमा काम गराउनु नेटवर्क प्रालिको चरम लापरबाही बुझिएको छ । 

विगत लामो समयदेखि एभरेस्ट नेटवर्कमा कार्यरत २५ वर्षीय प्रकाशको मृत्युले पुरै गाउँ शोक मा छ ।