मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा स्तरीय बाल भेला विनायक २ मा सम्पन्न 

वडा स्तरीय बाल भेला विनायक २ मा सम्पन्न 


अछाम : आस्था नेपाल वल्ड भिजन इन्टर्नेशनल नेपालको सहयोग  सहजीकरण र पञ्चदेवल विनायक  नगरपालिका र  वाड न २  विनायक को समन्वय  साझेदारीमा तथा वडा  स्तरीय  बाल सञ्जालको अध्यक्ष  कल्पना न्याैपानेकाे  अध्यक्षता र वडा अध्यक्ष कृर्पा धामी  को प्रमुख आतिथ्यतामम  वडा स्तरीय बाल भेला विनायकमा २ मा साेमबार सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा बाल सञ्जाल प्रतिनिधि , आस्था नेपालका सामाजिक परिचालक सुशील बटाला, बिर्ख बि क , नम ब विष्ट लगायत बालबालिकाहरूको उपस्थिति रहेको थियो । बाल बालिकाको क्षेत्रमा गरिरहेका विभिन्न क्रियाकलापको समीक्षा  बाल बालिकाका भावना बिचार लाई आत्म साथ गर्दै बाल संरक्षणका दृष्टिकोणले बाल बालिका लाई कुन कुन स्थान सुरक्षित र असुरक्षित  हुन्छन्  भन्ने बारे बालबालिकाले समूह मार्फत चित्र द्वारा प्रस्तुत गरेका हुन ।

यसै गरी मन पर्ने  र मन नपर्ने स्थान र शरीर नक्शाङकन  गर्न लगाइएको थियो । भविष्यमा आफ्नो गाउँ कस्तो भएको देख्न चाहान्छ्न भनेर चित्र द्वारा परिकल्पना गरेका थिए । बालबालिका लाई बाल संरक्षण गर्ने जोखिममा परेका बाल बालिकालाई सहयोग पुर्‍याउन तथा समग्र बाल बालिका अधिकार सुनिश्चित गरी बाल समृद्धि ल्याउन बाल बालिकाका प्रमुख सवालहरू के के छन् सो को पहिचान गरिएको थियो । उक्त सवालहरूलाई बाल बालिकाले प्राथमिकता गरेका छन् । प्राथमिकता गर्दा पहिलो सवालको रूपमा छुवाछूत  द्रोश्रो बालविवाह तेर्श्रो छाउपडी प्रथा गरी क्रमशः सवालहरूलाई प्रथमिकिकरण गरेका छन् । उक्त सवालहरूलाई न्यूनीकरण गरी अन्त्य गर्नेका  लागि बालबालिका, अभिभावक सरोकार वाला निकाय सङ अन्तरक्रिया गर्ने , बाल सञ्जाल लाई क्षमता बिकास् गर्ने , उच्चतम विद्यालयमा विद्यार्थी अभिभावक सरोकार वाला निकाय सङ अन्तरक्रिया गर्ने, कार्य योजना निर्माण गर्दै बाल सञ्जालका अध्यक्ष कल्पना न्यौपानेले बाल भेला लाई समापन गर्नुभएको थियो । जसको सहजीकरण  आस्था नेपालका सामाजिक परिचालक  नम ब विष्ट र विर्ख बि क ले गर्नु भएको कार्यक्रमको सञ्चालन सुशील  बटालाले    गर्नु भएको थियो ।