मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा र स्वास्थ्य क्षेत्र हाम्रो प्राथमिकतामा छन् : नगर प्रमुख चलाउने 

शिक्षा र स्वास्थ्य क्षेत्र हाम्रो प्राथमिकतामा छन् : नगर प्रमुख चलाउने 


अछाम: पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर – ७ पुल्लेताेलामा रहेको  भवानी देवि माद्यामिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेबिन्द बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको वार्षिक उत्सवमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहेकी थिइन् ।

प्रमुख अतिथि नगरप्रमुख अम्बिका चलाउनेले भवानीदेवी मा.बि.ले पछिल्लो समयमा  शैक्षिक क्षेत्रमा र अतिरिक्त क्रियाकलापमा प्रगति गरिरहेको बताएकी छन् । 

उनले पालिका सङ्ग भएको श्रोतलाई न्यायोचित वितरण गर्दै आएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम भइरहेको  दाबी गरिन् । 

कार्यक्रममा नगर उपप्रमुख हर्क बहादुर रावल विशिष्ट अतिथि रहेका थिए । विशिष्ट अतिथि रावलले भवानी देवि मा.वि. मा आफ्ना स्व. बाजे दल बहादुर रावलको स्मृतिमा अक्षय कोष स्थापना गरेका छन् । 

गरिब तथा जेहेन्दार विद्यार्थी हरूको छात्रवृत्ति तथा विद्यालयको स्तरोन्नतिका लागि केही टेवा पुग्ने उद्देश्य सहित विद्यालयका संस्थापक स्व. बाजे को सम्झनामा रु १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको उप प्रमुख रावलले उद्घोष गरे । 

कार्यक्रममा नगरपालिकाका शिक्षा समिति संयोजक तथा वडा नम्बर १ कुइकाका वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, वडा नम्बर -७ पुल्लेताेलाका वडा अध्यक्ष सुरत बहादुर रावल लगायत वडा सदस्य,नगर कार्यपालिका सदस्य तथा राजनीतिज्ञ,शिक्षा प्रेमी लगायत अभिभावकहरूको सहभागिता रहेको थियो । 

भवानी देवी मा.वि. का प्रधानाध्यापक जनक बहादुर रावलले विद्यालयको आर्थिक वर्ष २०७७/०७८ देखि ०७९/०८० सम्मको रु ४ करोड ७२ लाख ९० हजार ८६ रुपैयाँ ६७ पैसा बराबरको आयव्यय  प्रस्तुत गरेका हुन् । भने कार्यक्रमको सञ्चालन शिक्षक अम्मरनाथ ढकालले गरेका थिए ।