मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० बर्ष पछि खुट्टाको उपचार हुदाँ यज्ञबहादुरको मुहारमा खुशी छायो

१० बर्ष पछि खुट्टाको उपचार हुदाँ यज्ञबहादुरको मुहारमा खुशी छायो

सफल र निशुल्क अपरेसनपछि धेरैका अनुहार उज्याला भएका छन्


अछाम । दिपायल सिलगढी नगरपालिका वडा नं. २ डोटीका ५४ बर्षिय यज्ञबहादुर कठायतको १० बर्ष पहिले भारतमा गाडी दुर्घटना हुदाँ उनको खुट्टा भाँचियो । उनले जेनतेन गरेर कमाएको एक लाख ६२ हजार पैसाले भारतमै खुट्टाको शल्यक्रिया गरे ।

शल्यक्रिया भएको केही समय खुट्टाले काम गर्यो । उनी डिडडुल गर्न सक्ने भए । बिस्तारै दिनहरु बित्दै जाँदा उनको खुटले फेरी दुख दिन थााल्यो । उनि उपचार गरेको केही बर्षमै थला परे । त्यसपछि उनलाई जिल्ला बाहिर जान आर्थिक अवस्थाले भ्याएन् । आफु संगै पैसा थिएन भएको कमाई जति पहिलो अप्रेसन मै सकियो यज्ञबहादुरले भने त्यसपछि म थला परे ।

पहिलो शल्यक्रिया भएको १० बर्ष पछि मात्रै उनले बयालपाटा अस्पतालले दिने हार्डजोर्नीको सेवा बारे थाह पाए । त्यो कुरा सुनेपछि उनी केही दिन पहिले बयालपाटा अस्पताल पुगेर त्यहाँका अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक संग सल्लाह लिए ।

उमेरले पाका यज्ञबहादुरको स्वास्थ्यमा अन्य समस्या पनि रहेछ् । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको चालमा समेत समस्या भएको डाक्टर पाठकले जानकारी दिए । ५० कटेका यज्ञबहादुरका अन्य स्वास्थ्य समस्याका कारण शल्यक्रिया गर्न कठिन हुने भएपनि डाक्टर मन्दिप पाठकको नेतृत्वले उनको खुट्टाको दोश्रो पटक शल्यक्रिया गर्ने आँट गरे ।

हामीले दोश्रो बिकल्प खुट्टामा प्लेट राख्ने कुरालाई बिकल्पका रुपमा राखेर यज्ञबहादुरको खुट्टामा रड राख्ने गरी शल्यक्रियाको तयारी गर्यौँ डा. पाठकले भने सहजै पहिलो पटक नै उनको खुट्टामा रड राख्न सफल भयौँ । डा. पाठकले शल्यक्रिया गर्नुपूर्व काठमाण्डौँका शिनियर अर्थोपेडिक सर्जनसंग समेत सल्लाह लिएका थिए । सल्लाहका क्रममा उनलाई जोखिम हुने सक्ने र दुर्गममा श्रोत साधनले समेत अप्ठेरो हुनसक्ने सुझाएका थिए । तर डा. पाठकले आँट गरेर सफल शल्यक्रिया गराएरै छोडे ।

भारतमा भएको शल्यक्रियमा क्रममा उनको हड्डी जुट्छ भनेर पठाईएपनि हालम्म हड्डी नजुटेको र दुर्घटना हुदाँ उनको खुट्टाको सानो हड्डीको भाग समेत हराएको कुरा शल्यक्रियाका क्रममा थाह भएको डा. पाठकले बताए । बृद्ध अवस्थाका मान्छे त्यसमा पनि मधुमेह, उच्च रक्तचाप, मुटुको चालमा समेत समस्याका कारणले झन बढी जोखिम हुने डा. पाठकको भनाई छ । यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण ज्यानै जाने जोखिम समेत हुन्छ उनले भने तर हामीले सफलतापूर्वक यज्ञबहादुरको खुट्टामा रड हालेर शल्यक्रिया गर्न सफल भयौँ ।

खुट्टाको शल्यक्रिया पश्चात यज्ञबहादुर कठायतको मुहारमा खुशी छाएको छ । उनले निशुल्क रुपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा सञ्चो भएको महुसुस गरिसकेका छन् । उनले सुदूरआजलाई भने हिजो सम्म त दुखाई थियो आज त त्यो दुखाई पनि हराईसक्यो । आफुले दोश्रो जीवन पाएजत्तिकै खुशी मिलेको कठायतले बताए । डा. पाठकले भन्छन् यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन त छ नै यदि नेपालगञ्ज काठमाण्डौँ ठाँउमा गएर शल्यक्रिया गर्ने हो भने कम्तिमा ४ देखी ६ लाख रुपयाँ खर्च लाग्छ ।

खुट्टाको सफल शल्यक्रियापछि खुशी देखिएका ११ बर्षिय महेन्द्र

कर्णाली प्रदेशको कालिकोट मालकोट गाँउपालिका वडा नं. ७ का महेन्द्र भण्डारी १३ बर्षका भए । उमेरले साँनै भएपनि उनले खेतीपाती गर्ने र गोरु जोत्न गर्छन । घरको काम संगै उनि गाँउकै स्कुलमा कक्षा ६ मा पढिरहेका पनि छन् । २ महिना पहिले गोरु जोत्नेक्रममा उनको लडेर खुट्टा भाँचियो । खुट्टा भाँचिएपछि उनका बुवा र आफन्तले गाँउकै घरेलु बिधीले उपचार गरे ।

छोरोको उपचारका लागि महेन्द्रका बुवाले गाँउपालिकालाई गुहारे, कतैबाट सहयोग नपाएपछि घरको नाजुुक स्थितीले एक महिना सम्म कार्पो बाँधेर घरमै उपचार गराईरहेका दिलबहादुर बटालालाई छोराको खुट्टा सञ्चो भईहाल्छ भन्ने आशा थियो । आर्थिक समस्याका कारण उपचारका लागि बाहिर लैजाने स्थिती थिएन दिलबहादुर भन्छन्, छोराको खुट्टा सञ्चो नभएपछि घरमा रहेको बाख्रो बेचेर अछाम तिर लाँगे ।

दिलबहादुरले गाँउका मान्छे लगाएर ३ दिनसम्म स्टेचरमा छोरालाई बोकेर कालिकोटबाट अछामको रामारोशन सम्म पुगे । घरमा पालेको एक बाख्रा ९ हजारमा बचेर छोराको उपचार गर्न आएका उनी रामारोशनबाट चौथो दिन गाडीमा चडेर बयालपाटा अस्पताल आईपुगे । बयालपाटा असपतालमा निशुल्क सेवा पाईन्छ भन्ने सुनेर आफु छोरालाई लिएर यहाँ आँएको महेन्द्रका बुवा दिलबहादुरले भने । बयालापाटामा दिलबहादुरका छोरा महेन्द्रको खुट्टको सफल शल्यक्रिया भयो ।

यहाँ उपचार नपाए के गर्नुहुन्थ्यो भन्ने प्रश्नमा दिलबहादुरले भन्छन् घरमा थोरै जग्गा छ, बुढीलाई त्यो जग्गा बेचेर पैसा हालिदुन भनेर आएको थिँए । जसरी भएपनि छोराको खुट्टा त सञ्चो बनाउनुछ उनले भने गााउघरमा नेपालगञ्ज लैजानुपर्छ, यहाँ यसको उपचार छैन, ठिक पनि हुदैँन भन्थे नेपालगञ्ज ुपग्न आफुसंग पैसा थिएन । शल्यक्रिया भएपछि केही दिनमै महेन्द्र हिड्ने अवस्थामा पुगीसकेका छन् । अहिल म निकै खुशी छु दिलबहादुरले भने मेरो छोराले खुट्टा टेक्ने थालिसकेको छ । बिना पैसा छोराको अप्रेसन गराउन पाँए बयालपाटा अस्पताल जुगौँ चलिरहोस् उनले भने ।

बयलापाटा नहुदाँ थन्किएर बस्नुको बिकल्प छैन दुर्गमका गरिब जनतालाई

महेन्द्र र यज्ञबहादुर जस्तै बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा पर्ने हिमाली गाँउपालिका वडा नं. ४ का ३३ बर्षिय दुधसरी भण्डारीको काम गर्ने बेला लडेर खुट्टा भाँचियोँ । आर्थिक अभावका कारण उनि उपचार गर्न जान नसकेपछि उनको उपचारका लागि त्यो बेला गाँउपालिकाले आर्थिक सहयोग गरेर हवाईजहाज मार्फत नेपालगञ्जमा शल्यक्रिया गर्न पठायो । उनका श्रीमान कृष्ण भण्डारीका अनुसार नेपालगञ्जमा शल्यक्रिया पनि भयो ।

शल्यक्रिया पश्चात उनि घर फर्किन तर उनलाई केही दिनमै खुट्टाले दुख दिन थाल्यो । अप्रेसन भएपनि खुट्टाका हड्डी राम्रोसंग नजोडिदा उनको खुट्टा नै सुन्निएर पाक्न् थाल्यो । ३ महिना बितेपछि उनि ४ दिन लगाएर बयालपाटा अस्पताल आईपुगिन् । उनको पनि दोश्रो पटक बयालपाटा अस्पतालमा शल्यक्रिया भयो । शल्यक्रिया पश्चात उनि खुट सञ्चो हुने आशमा छिन् । डाक्टर पाठकका अनुसार उनको खुट सञ्चो हुन र टेक्ने अवस्थामा आउन अझै केनि लाग्नेछ् ।

खुट्टा निको भएर हिड्ने आशामा ध्वजबहादुर ।

अछामको साँफेबगरका ३९ बर्षिय ध्वज बहादुर बुढा कामको शिलसिलामा दुबई पुगे । उनको त्यहाँ कामगर्ने क्रममै गाडी दुर्घटना हुदाँ खुट्टा भाँचियो । उनले दुबईमा खुट्टाको शल्यक्रिया गरेर नेपाल फर्किए । दुर्घटना पश्चात उनको शरिरको हात सहितको एक भाग नचल्ने अवस्थामा पुग्यो । उनले फिजियोथेरापी लगायतका माध्यमबाट उपचार गरेपछि हातखुट्टा चल्ने अवस्थामा फर्केका थिए । तर उनी फेरी काठमाण्डौँमा दुर्घटनामा परे, उनलाई गाडीले ठक्कर दिएपछि पाटन अस्पतालमा भर्ना भए ।

उनको त्यहाँ शल्यक्रिया पनि भयो । शल्यक्रियापछि घर फर्किएका उनको घाँउ पाक्न थाल्यो, सञ्चो नभए पनि उनि घर फर्के । अछाममा उनलाई असह्य भएपछि बयलापाटा अस्पताल आईपुगे । उनको खुट्टाको अवस्था हेरेपछि डाक्टर पाठकको टोलीले खुट्टामा राखिएको रड निकालेर घाउलाई सञ्चो पार्न अन्तरंग विभागमा राखेको छ । उनको उपचार भईरहेको छ, डा. पाठक भन्छन् निको हुने आशा पलाएको छ ।

शल्यक्रिया पछि दोश्रो पटक फलोअपमा जाने स्थिती छैन दुर्गमका जनतालाई, हार्डजोर्नी सेवालाई दिर्घकालिन सेवाका रुपमा विकसित गर्नुपर्ने ।

डा. मन्दिप पाठक

माथिका उदाहरण केहि प्रतिनिधी पात्र मात्रै हुन् । हामीले एक पटकको अस्पताल भ्रमणका क्रममा देखिएका पात्र थिए उनिहरु । यस्ता कयौँ बिरामीको बयालपाटा अस्पतालमा निशुल्क, सफल तथा गुणस्तरिय शल्यक्रिया सम्पन्न भएका छन् ।

नेपालका दुर्गम भेगमा अहिले पनि स्वास्थ्यमा जनताको सहज पहुँच छैन् । शहर क्षेत्रमा सबै प्रकारका र बिशेषज्ञ केन्द्रित स्वास्थ्य सेवा उपलब्ध भएपनि आर्थिक भार धेरै छ । ट्रमा केयरको अबधारणा बनेपनि यो काठमाण्डौँ मात्रै केन्द्रित भएको छ । आर्थिक अभावका कारण धेरैले आफ्नो घाउ बल्झाएर वा थला पारेर बस्नुको बिकल्प छैन् । दुर्गमका जनतालाई सामान्य स्वास्थ्य सेवा लिन पनि सहजता छैन् ।

बिशेषज्ञ सहितको सेवा लिन त सुदूर पहाड तथा कर्णालीको दुर्गम भेगका जनतालाई २÷३ दिन बढी हिडेर सेवा लिनुपर्ने बाध्यता छ । त्यस्तो निशुल्क सेवा प्राय सबै ठाँउमा उपलब्ध पनि छैन् । दुर्गम भेगमा बढी हार्डजोर्नीको समस्या धेरै छ । अरु भन्दा महंगो र सहज पुहँच नभएको कारण यसको स्थायित्व र दिर्घकालिन गुणस्तरिय स्वास्थ्य सेवाका लागि ग्रामिण ट्रमा केयरको अवधारणा अघि साुर्नपर्ने डा. मन्दिप पाठक बताउछन् । कम्तिमा एक प्रदेशमा एक ट्रमा केयरको लागि केन्द्रका रुपमा स्वास्थ्य संस्था बनाउन आजको अपरिहार्य आवश्यक्ता छ उनले थपे ।

हार्डजोर्नी सेवाका लागि सहज पुहँच, निशुल्क, उत्तरदायी एवंम जवाफदेहीमा पनि जोड दिनुपर्ने डा. पाठकको भनाई छ । दुुर्गममा बच्चा देखि युवा अवस्थाका नागरिकमा हार्डजोर्नीको समस्या बढी छ, उनले भने यस्तो उत्पादकमुलक युवाहरुमा समस्या भए देशलाई नै बढी भार पर्नेदेखिन्छ । पहिलो पटक दुर्घटना हुदाँ वा अन्य केही समस्या हुदाँ मान्छेले जेनतेन गरेर उपचार गर्छ, डा. पाठक भन्छन् त्यसपछिको फ्लोअप हुन नसक्दा घाउ बल्झिएर, अन्य समस्या भएर मान्छेहरु अप्ठेरोमा धेरै परेका छन् । पहिलो पटक उपचार भयो मान्छेले निको भयो सोच्छन् तर उनले भने त्यसपछिका दिनमा के कस्तो भयो हेरबिचार नहुदाँ धेरै समस्यामा परेर आएका छन् ।

त्यसका लागि दिर्घकालिन रुपमा ट्रमा केयरलाई महत्व दिएर सबै निकायबाट पहल हुनुपर्ने उनको भनाई छ । दुर्गमका जनतालाई पायक पर्ने ठाँउमा सेवा दिन सकिने गरी निशुल्क सेवालाई प्राथमिक्तामा राख्नुपर्नेमा उनको जोड छ । त्यसका लागि सरकारी, गैरसरकारी निकाय तथा स्वास्थ्य बिमालाई जोड दिएमा सबैले सहज सेवा पाउनेमा डा. पाठकको बिश्वास छ ।

फोटो : बयालपाटा अस्पताल