मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर फाइभजी विस्तार हुँदा नेपालमा अझै ७ प्रतिशत जनसंख्या टुजीको पहुँचबाटै बाहिर

विश्वभर फाइभजी विस्तार हुँदा नेपालमा अझै ७ प्रतिशत जनसंख्या टुजीको पहुँचबाटै बाहिर


काठमाडौं । यतिबेला विश्वमा मोबाइल ब्रोडब्याण्डको पाँचौ पुस्ता अर्थात् फाइभजी विस्तार भइरहेको छ । कतिपय देशमा फाइभजी व्यावसायिक रूपमै सञ्चालनमा आइसकेको छ भने केही देशमा परीक्षण भइरहेको छ ।

छिमेकी चीनमा हाल फाइभजीको पहुँच करिब ६० प्रतिशत जनसंख्यामा पुगिसकेको छ । अर्को छिमेकी देश भारतमा पनि फाइभजीको व्यावसायिक सुरुवात हुँदैछ ।

तर, नेपालमा भने अझै पनि सात प्रतिशत जनसंख्यामा टुजीको समेत पहुँच नभएको अध्ययनले देखाएको छ ।

हुन त नेपालमा पनि फाइभजी परीक्षणका लागि नेपाल टेलिकमले अनुमति प्राप्त गरिसकेको छ । तर, हालसम्म तयारी नै पूरा भएको छैन । टेलिकमले चालू आर्थिक वर्ष २०७८/०७९ मै परीक्षण गरिसक्ने बताएपनि कुनै तयारी भएको छैन ।

यस्तोमा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले जारी गरेको अध्ययन प्रतिवेदनले नेपालकाे सात प्रतिशत जनसंख्यामा टुजीको समेत पहुँच नरहेको देखाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार हाल नेपालको ९३ प्रतिशत जनसंख्यामा टुजीको पहुँच रहेको छ । जब कि अध्ययनले विश्वको ९७ प्रतिशत जनसंख्यमा टुजी मोबाइल नेटवर्कको पहुँच रहेको जनाएको छ ।

त्यस्तै नेपालमा थ्रीजी पहुँच ५४ प्रतिशत जनसंख्यामा रहेको छ । यसको अर्थ ४६ प्रतिशत जनसंख्यामा थ्रीजी छैन ।

प्रतिवेदन अनुसार विश्वको कूल जनसंख्याको ९४ प्रतिशत जनसंख्या थ्रीजीको पहुँचमा छ ।

नेपालमा हाल प्रचलनमा रहेको प्रविधि फोरजीको अवस्था त झनै नाजुक छ । प्रतिवेदनअनुसार नेपालमा फोरजीको पहुँच ४५ प्रतिशत जनसंख्यामा मात्रै रहेको छ ।

यसको अर्थ अझैपनि ५५ प्रतिशत जनसंख्या मोबाइल इन्टरनेट फोरजीको पहुँचभन्दा बाहिर छ । जब कि विश्वको कूल जनसंख्यको ८५ प्रतिशतमा फोरजी पुगिसेकको अध्ययनले देखाएको छ ।