अछाम । बयालपाटा अस्पतालमा ग्रामिण स्वास्थ्य सेवा प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजना तथा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश तथा स्वास्थ्य कार्यालय अछामको आर्थिक सहयोगमा ग्रामिण स्वास्थ्य सेवा प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको हो ।
अछाम जिल्लाका १० वटै पालिकाका मध्यस्तरका स्वास्थ्यकर्मी, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटी तथा कमलबजारका डाक्टरहरु लक्षित गरी आयोजना गरिएको कार्यक्रमको पहिलो दिन ग्रामिण क्षेत्रमा चोटपटक लागेका बिरामी तथा अन्य बिरामीहरुको भिडियो एक्सरे मार्फत समस्या पत्ता लगाई कसरी उपचार गर्न सकिन्छ भन्ने बिषयमा ज्ञान सिप प्रदान गरिएको थियो । यसका साथै ईफाष्ट र सिपिआर लगायतका बिषयमा समेत प्रशिक्षण तथा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रमको दोश्रो दिन सहभागीहरुलाई ग्रामिण भेगमा कम श्रोतसाधनमा चोटपटकका बिरामीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिईएको थियो । यसका साथै जटिल अवस्थाको कसरी पहिचान गर्न सकिन्छ र उनिहरुलाई कसरी रेफर गर्न सकिन्छ भन्ने बिषयमा ज्ञान र सिप प्रदान गरिएको थियो ।
जसमा आधारभुत जीवन सहयोग, सामुदायिक तयारी, जलन केश व्यवस्थापन, बिरामीको स्थान्त्ररण, मेरुदण्डको चोट, छातीको चोट, पेटको चोट र दुखाई, टाउकोको चोट, हाडजोर्नीको अवस्था लगायतका बिषयमा सहभागीहलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीले दुर्गम क्षेत्रमा काम गर्दा सिप र प्रशिक्षणको खाँचो रहेको अवस्थामा यो दुई दिनको कार्यक्रमले धेरै ज्ञान र सिप मिलेको बताएका थिए । आगामी दिनमा यस्ता खालका बिरामीलाई गाँउघर तथा विकट क्षेत्रमा उपचार गर्न सहज तथा जटिल खालका बिरामीहरलाई रेफर गर्न मद्धत पुग्ने अपेक्षा गरेका थिए ।
कार्यक्रममा बयालपाटा अस्पालका अस्पताल निर्देशक डाक्टर मन्दिप पाठक, ब्राउन बिश्वबिद्यालयका सहायक प्रध्यापक डा. रामु खरेल लगायतको टिम, हाप्सा नेपालका तालिम प्रशिक्षक र बयालपाटा अस्पतालका मेडिकल अफिसरहरुले प्रशिक्षण तथा सहजिकरण गरेका थिए ।
कार्यक्रमको पहिलो दिनको उद्घाटन शत्रमा प्रमुख अथितिको रुमा सहभागी भएका साँफेबगर नगरपालिकाका प्रमुख एवंम बयालपाटा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेन्द्र बहादुर कुवँरले आफ्नो नगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिक्तामा राखेर काम गरिरहेको बताएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख कुवँरले कुै पनि नागरिकको स्वास्थ्य राम्रो भएन भने शिक्षा हासिल गर्न कठिन हुन्छ, त्यसेलै शिक्षा स्वास्थ्य दुबै राम्रो हुनु अपरिहार्य भएको बताए ।
अहिले पनि ग्रामिण क्षेत्रका नागरिकहरु रोग पालेर बसको भन्दै नगर प्रमुख कुवँरले उनिहरुको उपचारका लागि स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने उल्लेख गरे । स्वास्थ्यकर्मी धेरै खट्नु भएको छ तथापी यस कार्यक्रम पश्चात सिकेका कुरा व्यवहारमा लाुग गर्न आफ्नो ठाँउमा फर्केर अझ बढी मेहनत गर्न सुझाब दिएका थिए ।
कार्यक्रममा साँफेबगर नगरपालिका स्वास्थ्य शाखा संयोजक लक्ष्मण नाथ योगी तथा बान्नीगढी जयगढ गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक शिव ठकुल्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुन्दर गौतम लगायतको सहभागीता रहेको थिया ।
अप्रिल २५ र २६ गते गरी दुई दिन सम्म चलेको कार्यक्रममा हाप्सा नेपाल र ब्राउन बिश्वबिद्यालय अमेरिकाको प्राविधिक सहयोग रहेको थियो ।















प्रतिक्रिया