मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी पवन भण्डारीको डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक


धनगढी — सञ्चारकर्मी तथा गायक पवन भण्डारीको नयाँ डेउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। पवन भण्डारी अफिसियल युटुब च्यानलबाट सोमबार साझ उत्त गित सार्बजनिक गरिएको हो ।

सुदूरपश्चिमेली लोक संस्कृतिमा आधारित यस गीतले दर्शक तथा श्रोतालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

गीतमा स्वर पवन भण्डारी र शोभा थापाको रहेको छ भने लय स्वयं पवन भण्डारीको रहेको छ । शब्द सिर्जनामा लक्ष्मण बोगटी र पवन भण्डारीको सहकार्य रहेको छ, जसले गीतलाई अझ जीवन्त बनाएको छ।

विशेष डिजिटल रेकर्डिङ स्टुडियो अनामनगर काठमाडौं बाट रेकर्ड भएको उत्त गितको एरेन्ज बिजय थापा मगरले गर्नु भएको छ ।

सिके कम्युनिकेशन हाउसले दृश्य निर्माण गरेको उत्त
म्युजिक भिडियोमा कोपिला सिंह ठकुरी र जित बिसीको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयले गीतको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। भिडियोको निर्देशन सुरेन्द्र संगमले गरेका हुन्।भने छायाङ्कन जहित बुढाले गरेका हुन ।

खोरो फुट्यो’ गीतले स्थानीय कला सस्कृती संस्कृति र जीवनशैलीलाई समेट्दै दर्शकको मन जित्ने विश्वास लिएको गाएक पवन भण्डारी ले बताएका छन । आठ बर्ष पछि डेउडा क्षेत्रको आगमनले केही आशा पलायको उनले बताए ।
उक्त म्युजिक भिडियो ‘Pawan Bhandari Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियो सहित