मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाँउपालिका वडा नंं १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामारोशन गाँउपालिका वडा नंं १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


अछाम । रामारोशन गाँउपालिका वडा नंं १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९ ८० मा सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको सार्वजनिक सुनुवाई गरिएको हो ।

वडाको आर्थिक बर्षको चालू तर्फ ६ लाख ९२ हजार ७ सय १५ रुपयाँ र पुजिगत तर्फ ५ लाख ७७ हजार ३ रुपयाँ बराबर भएका कार्यक्रम तथा योजनाको सार्वजनिक सुनुवाई गरिएको वडा सचिव रुपबहादुर खड्काले बताए ।

वडा मार्फत भएका कामको पार्दर्शिता र जवाफदेहिता तथा वडा स्तरीय सवाल जवाफ सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको उनले बताए ।

वडा मार्फत भएका कार्यक्रम तथा योजना र कामको बारेमा सहभागीहरुले जिज्ञाशा तथा प्रश्न गरेका थिए भने वडाध्यक्षले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

वडाध्यक्ष चक्र बहादुर साउदको अध्यक्षतामा भएको सार्वजिन सुनुवाई कार्यक्रममा नेपाली काँग्रेस वडा कार्य समिति सभापति तरूण साउद, नेकपा माओवादी केन्द्र वडा कमिटी सदस्य बम बहादुर साउद, नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी सदस्य दान बहादुर कुवर, मलातिकोट स्वास्थ्य चौकी ईन्चार्ज डम्मर बहादुर शाहले सुझाव सहितको मन्तव्य राखेका थिए ।

वडाको सम्पुर्ण प्रशासनिक प्रगती र खर्च विवरण प्रस्तुत तथा कार्यक्रम संचालन वडा सचिव रूप बहादुर खडकाले गरेका थिए ।