मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साइबर सुरक्षा सम्बन्धी एक दिने गोष्ठी अछामको साँफेबगरमा सम्पन्न

साइबर सुरक्षा सम्बन्धी एक दिने गोष्ठी अछामको साँफेबगरमा सम्पन्न


अछाम : साइबर सुरक्षा सम्बन्धी एक दिने गोष्ठी जिल्लाको साँफेबगरमा सम्पन्न भएको छ ।

कम्प्युटर एशोसिएशन महासंघ नेपाल जिल्ला शाखा अछामको आयोजनामा साँफेबगर नगरपालिका वडा नं. २ मा रहेको त्रिपुरा सुन्दरी मावि श्रीकोटमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

सुरक्षित सुचना प्रविधि, सुशासन र समृद्धि भन्ने नारा दिईएको राष्टिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसर पारेर साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण तथा यसका बारेमा जनचेतना फैलाउन कार्यशाला गोष्ठी गरिएको हो ।

कार्यशाला गोष्ठीमा बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई साईबर सुरक्षा र यसका खतराका बारेमा क्यान महासंघ जिल्ला शाखा अछामका कार्यबाहक अध्यक्ष दिनेश कुमार स्वाँर र सहसचिव हिमाल बुढाले जानकारी गराएका थिए ।

फितलो साईबर प्रणालीमा साईबर आक्रमण बढी हुने भएकाले यसबाट कसरी सुरक्षित हुने र यसका बारेमा बिद्यालय तह देखि गाँउघरमा समेत कसरी सुरक्षित रहने भन्ने बिषयमा जनचेतना फैलाउन कार्यशाला गोष्ठीको आयोजना गरिएको क्यान अछामले जनाएको छ ।

क्यान महासंघ जिल्ला शाखा अछामका कार्यबाहक अध्यक्ष दिनेश कुमार स्वाँरको अध्यक्षतामा भएको गोष्ठीमा बिद्यालयका निमित्त प्रधानाध्यापक टेक बहादुर कुवँर लगायत कक्षा ६ देखि १२ सम्मका बिद्यार्थीहरुको सहभागीता रहेको थियो भने गोष्ठीको सञ्चालन क्यान महासंघ अछामका सहसचिव हिमाल बुढाले गरेका थिए ।