मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागीको घटना प्रति दु:ख व्यक्त गर्दै नगरपालिका द्वारा प्रेस विज्ञप्ति

आगलागीको घटना प्रति दु:ख व्यक्त गर्दै नगरपालिका द्वारा प्रेस विज्ञप्ति

समयमै सेवा दिन नसक्दा नगरपालिका द्वारा आत्मग्लानि


अछाम: मङ्गलसेन नगरपालिकाले सोमवार भएको आगलागीको घटना प्रति दु:ख व्यक्त गर्दै प्रेस विज्ञप्ति निकालेको छ । 

मङ्गलसेन ५ का स्थानीय नारायण प्रसाद ढुङ्गाना तथा मिना ढुङ्गानाको घरमा भएको क्षति प्रति दुख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउने समेत नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

सोमवार बिहान आगलागी भएको खबर पाउन साथ आगो नियन्त्रणका लागी धेरै प्रयास गरे पनि दमकल सञ्चालन हुन नसकेकाले विपत् प्रतिकार्यका लागी दमकल घटना स्थल सम्म लिन नसकेको भन्दै नगर प्रमुख पदम बहादुर बोहोराले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिबाट माफी मागिएको छ ।

मङ्गलवार सुदूर आज अनलाइन पत्रिकाले मंलसेन नगरपालिकाको दमकल प्रयोग विहीन भन्दै समाचार प्रकाशन गरेपछि नगरपालिकाको ध्यानाकर्षण भएको हो ।

यस अघि प्रकाशित समाचार हेर्नुहोस्

मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहोराद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । “दमकलको परीक्षण गर्दा ब्याट्री,पिटिओ गेयर र प्रेसर बिग्रेको पाइएका कारण सञ्चालन हुन नसेको हुँदा दमकललाई आजै धनगढी पठाइएको र आगामी दिनमा घट्ने विपद्का घटनाको व्यवस्थापनका लागी खोज तथा उद्धार सामाग्री र दमकललाई सुस्त दुरुस्त राख्ने कार्यमा नगपालिका प्रतिबद्ध छ” । 

मङ्गलसेन नगरपालिका द्वारा सोमवार जारी प्रेस विज्ञप्तिको पूर्ण पाठ हेर्नुहोस्