धनगढी– कैलाली जिल्लाको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन्। विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल क्षेत्र हरिहाँसका लागि प्रसिद्ध मानिन्छ। जाडो छल्न र उपयुक्त आहाराको खोजी गर्दै साइबेरिया, मंगोलिया, उत्तरी चीनबाट पाहुना चरा आइपुगेका हुन्। हरेक वर्ष अक्टोबर महिनाको अन्तिमतिरबाट टाढाटाढाबाट पाहुना चरा यहाँ आउने गरेका छन्। घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा…