डोटी– जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन्। कोरोना सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि खुलेका हुन्। नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले बन्द भएका विद्यालयमा आइतबारदेखि अध्ययनअध्यापन सुरु गर्ने निर्णय गरेको थियो सोही निर्णय अनुसार सबै सरकारी तथा निजी विद्यालय खुलेको दिल्पेश्वर मावि दिपायलका…