बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो। दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया…