मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राकृतीक श्रोतमा हुने द्धन्द्धले सामाजीक स्तरमा मनमुटाव हुनसक्छ : सांसद बोगटी

प्राकृतीक श्रोतमा हुने द्धन्द्धले सामाजीक स्तरमा मनमुटाव हुनसक्छ : सांसद बोगटी


अछाम : प्राकृतीक श्रोत माथि हुने द्धन्द्धलाई रुपान्तरणका लागी जिल्ला स्तरिय अभिमुखीकरण गोष्ठी मंगलसेनमा सम्पन्न भएको छ । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपाल मार्फत अछाम जिल्लामा संञ्चालीत कार्यक्रम अन्तरगत यस अघी भएका उपलब्धीको समिक्षा र आगामी २ बर्षमा जिल्लामा संञ्चालन हुने कामको बारेमा सरोकारवालालाई जानकारी गराईएको थियो ।

जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको छलफलमा प्रतिनीधी सभा सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी बोगटीले प्राकृतीक श्रोत माथि हुने द्धोन्द्धले सामाजीक स्तरमा मनमुटाव बढदै जाने गरेको बताउनु भयो ।

द्धोन्द्धले समाधानको उपाय समेत आउने भएकाले उपलब्धीलाई सबैले बचाउनु पर्ने बताउनु भयो । निरन्तरको बहस तथा छलफल समाधानको विकल्प भएकाले यसतर्फ सबैको ध्यान जानु पर्ने बताउनु भयो ।

आर्थिक, राजनीतीक, सामाजीक, प्राकृतीक, सास्कृतीक द्धोन्द जहीले पनी समाजमा भईरहने भएकाले यसको समाधानको लागी मेलमीलाप कर्ताको आवश्यकता हुने भएकाले द्धन्द्ध रुपान्तरण सहजकर्ताको महत्वपुर्ण भुमीका रहने बताउनु भयो ।

जिल्ला समन्वय समिती अछामको समन्वय तथा प्राकृतीक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा भएको गोष्ठीमा मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले माकुरा समुह देखी मेलमीलाप गराउने काम हुने भएकाले यो कार्य बैज्ञानिक भएको बताउनु भयो । नियमीत अभ्यास गर्दै गएमा सफल हुदै जाने भएकाले द्धन्द्धलाई सामान्य रुपमा लिनु पर्ने बताउनु भयो ।

प्राकृतीक सम्पदाको सिमाले धेरै द्धन्द्ध समाजमा सिर्जना हुने भएकाले आगामी दिनमा हरेक ब्यक्ति सकारात्मक बन्दै जानु पर्ने बताउनु भयो । गोष्ठिमा सम्पुर्ण न्यायीक समिती संयोजकको तर्फबाट पंञ्चदेवल विनायक नगरपालीकाका उपप्रमुख अम्बिका चलाउने, डिभिजन वन कार्यालयका वन अधिकृत नारायण देब भट्ट, पत्रकार महासंघ कोषाध्यक्ष टेक बहादुर थापा लगाएतले सुझाब सहित मन्तब्य राख्नु भएको थियो ।

गोष्ठीमा २ बर्षको अवधीमा अछामका थुप्रै स्थानीय तहका वनका विवाद समाधान गर्न सफल भएको स्रोतब्यक्ति टँक बहादुर भण्डारीले बताउनु भयो । आगामी २ बर्षमा जिल्लाका थुप्रै समस्या समाधानका लागी मेलमीलाप कर्ताको सहायताले सहयोग गरिने समेत उहाँले जानकारी दिनु भयो । अन्तरक्र्रियाबाट आगामी दिनमा जिल्ला स्तरमा आईपर्ने समस्या समाधानका लागी जिल्ला समन्वय समिती प्रमुखको संयोजकत्वमा जिल्ला स्तरिय संवाद तथा सल्लाहकार समिती समेत गठन गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख टोप बहादुर रावल, चौरपाटी गाउपालीका अध्यक्ष हर्क बहादुर साउद, उपाध्यक्ष माया कुवर, कमलबजार नगरपालीका उपप्रमुख भुमिशरण ढकाल बजगाई, ढकारी गाउपालीका उपाध्यक्ष लक्ष्मी साउद, तुर्माखाद गाउपालीका उपाध्यक्ष अमृता बुढा, सबै स्थानीय तहका न्यायीक समीती सदस्यको सहभागिता रहेको थियो । गोष्ठिको सहजीकरण प्राकृतीक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल डोटी जिल्ला स्रोतब्यक्ति लोक बहादुर थापा, अछामका टँक बहादुर भण्डारी र सहजकर्ता पार्वती रावल खत्रिले गर्नु भएको थियो ।