डोटी - उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्या'न गएको छ । दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्या'न गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिए । राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।