अछाम — बाढी प्रभावित क्षेत्र अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो जिल्लाको उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको प्रजिअ उपाध्यायले बताएका छन् । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको उनले…