बझाङ - लकडाउनको कारण नियमित खाने औषधी खान नपाएर साईपाल गाउँपालिका वडा नम्बर १ धलौन घर भएकी एक महिलाको सोमबार ज्यान गएको छ । सैँतालिस वर्षीया दीर्घरोगी कंकादेवी बोहराको अस्पतालमा ज्यान गएको हो । मुटुको भल्वमा समस्या भएकी बोहराले विगत ६ वर्षदेखि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । विगत एक वर्षदेखि सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै…