मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश साँसद थापाको पहलमा प्राथमिक केन्द्र कमलबजारमा मेडिकल अधिकृत खटिए

प्रदेश साँसद थापाको पहलमा प्राथमिक केन्द्र कमलबजारमा मेडिकल अधिकृत खटिए


अछाम । अछामको कमलबजार प्राथमिक केन्द्रमा मेडिकल अधिकृत आईपुगेका छन् । आठौँ तहको चिकित्सकको रुपमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डाक्टर गुञ्जल कुमार शाहलाई खटाएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक बर्ष देखि चिकित्सक नहुँदा स्थानीयलाई समस्या भएको थियो । एमबिबिस चिकित्सक सहितको १० जनाको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर थिएनन् ।

सुदूरपश्चिम प्रदेश सभा सांसद अम्बिका कुमारी थापाको विशेष पहलमा डाक्टर अछाम खटाईएको हो । प्रदेश सांसद थापाले स्थानीयहरुको स्वास्थ्य उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने समस्या रहेको भन्दै चिकित्सक पठाउन प्रदेश सरकारलाई माग गरेको बताइन् ।

चिकित्सक पठाउन सहयोग गरेको भन्दै प्रदेश साँसद अम्बिका थापाले प्रतिनिधि सभाका सांसद रामबहादुर बिष्ट र सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट तुर्माखाद गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिका स्थानीयहरुले सेवा लिने गरेका छन् ।

स्वास्थ्य केन्द्रमा चिकित्सक नुहँदा समस्या भएकोमा स्थानीयहरु अहिले खुशी भएका छन् । यसअघि सामान्य उपचारका लागि पनि स्थानीयहरुले टाढाटाढा जानुपर्ने बाध्यता रहेको थियो ।