मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना शंकास्पद २१८ जना अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिममा कोरोना शंकास्पद २१८ जना अस्पतालबाट डिस्चार्ज


धनगढी : सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय १८ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १४ वटा अस्पतालबाट अहिले सम्म दुई सय १८ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ८१ जना, डडेल्धुरा अस्पतालबाट २५, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछामबाट १५ जना डिस्चार्ज भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार महाकाली अस्पतालबाट १३ जना, जिल्ला अस्पताल डोटी र बझाङबाट १२/१२ जना, जिल्ला अस्पताल बैतडी र बाजुराबाट ८/८ जना, टीकापुर अस्पतालबाट ७ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५/५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ। निर्देशनालयका अनुसार अहिले प्रदेशभरी ३० जनालाई आईसोलेसनमा भर्ना गरिएको दिनेश खबरमा समाचार छ।