मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो


दैलेखमा सबैभन्दा धेरै

सुर्खेत- कर्णालीमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

थपिएका संक्रमितमध्ये दैलेखको महावु गाउँपालिका १ र नारायण नगरपालिका १६ जना गरी १७, सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका १० र सुर्खेतको बराहताल गाउँपालिकाका ५ जना छन्।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो।

योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय ९८ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

जसमध्ये दैलेखमा सबैभन्दा धेरै ८९, सल्यानमा ३५, सुर्खेतमा ३४, जुम्लामा १९, कालिकोटका १८ र मुगुका १ जना छन्। यस्तै, बझाङ र बाजुराका एक/एक जनालाई पनि कर्णालीमै संक्रमण देखिएको हो।

कर्णालीका संक्रमितमध्ये दैलेखका एक जनाको मृत्यु भइसकेको छ।