मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा नेता डा. रावलबाट प्राप्त स्वास्थ्य सामाग्री नेकपा अछामध्दारा हस्तान्तरण

नेकपा नेता डा. रावलबाट प्राप्त स्वास्थ्य सामाग्री नेकपा अछामध्दारा हस्तान्तरण


अछाम –

नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य डाक्टर भिम बहादुर रावलले अछामका लागि पठाउनु भएको स्वास्थ्य सामाग्री सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला अस्पताल अछाम, न्याय हेल्थ नेपाल बयलपाटा अस्पताल, जिल्लाका पत्रकारका लागि प्राप्त स्वास्थ्य नेकपा अछामले हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल अछामका लागि पठाइएका सर्जिकल मास्क १५ सय थान, N95 मास्क १० थान, भाइजर १० थान, सुज कभर १० थान र १० लिटर सेनिटाइजर, बयलपाटा अस्पतालका लागि पठाइएका सर्जिकल मास्क १५ सय थान, N95 मास्क १० थान, भाइजर १० थान, सुज कभर १० थान र १० लिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो।

जिल्ला प्रशासन कार्यालय अछामका लागि पठाइएका १ हजार थान सर्जिकल मास्क र पत्रकारका लागि पठाइएका १ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको नेपाल कम्युनिष्ट पार्टि नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिनु भयो ।

डाक्टर रावलले यसअघि पनि बयलपाटा र जिल्ला अस्पताललाई ५०/५० थान पिपिई सेट प्रदान गर्नु भएको थियो ।